back
CTIZAN AD

हत्या आरोपमा समातिए सभामुखका छोरा

वि.सं.२०८० जेठ १२ शुक्रवार

804 

shares

काठमाडाैं । जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारीसहित चार जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

सभामुखका छोराले एक महिलालाई छुरा प्रहार तथा दुई जना प्रहरी अधिकारीमाथि गोली हानेर मारेको आरोप लगाइएको छ । निजले अर्की एक महिलाको पनि हत्या गरेको अभियोग लगाइएको छ । क्यामफ्लाज, टोपी र मास्क लगाएको अभियुक्तले घातक आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तुलनात्मक रूपमा शान्त जापानमा बन्दुक हिंसाका घटना बिरलै हुने गरेका छन् । गत वर्ष जापानमा बन्दुकसँग सम्बन्धित नौ घटना भएका थिए । ती घटनामा चार जनाको मृत्यु भएको थियो । गत वर्ष पूर्वप्रधानमन्त्री शिञ्जो आबेमाथि चुनावी सभामा गोली हानेर हत्या गरिएको थियो । एजेन्सीबाट

वि.सं.२०८० जेठ १२ शुक्रवार १७:२६ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...