back
CTIZAN AD

जुम्ला र कालिकोट पुग्यो टेलिकमको एनटी फाइबर

वि.सं.२०८० जेठ १२ शुक्रवार

825 

shares

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’को शुभारम्भ गरेको छ । जेठ १० मा कालिकोट र जेठ ११ मा जुम्लामा सो सेवाको शुभारम्भ गरेको हो ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गरेका थिए ।

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ ।

फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिन्छ । यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ ।

हाल स्प्रिङअफर अन्तर्गत डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक रु. ८,००० मा उपलब्ध हुने टेलिकमले जनाएको छ । त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक रु. १२,००० मा २० एमबीपीएसको इन्टरनेट, ३,००० मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको जनाइएको छ ।

वि.सं.२०८० जेठ १२ शुक्रवार १७:३८ मा प्रकाशित

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

काठमाडौं। स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने लक्ष्यसहित Vivo ले आफ्नो...

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

काठमाडौं । ई–बुकिङ नेपाल प्रा.लि. र पाटन स्टे एसोसिएसनबीच पाटन...