back
CTIZAN AD

भारतको बैंगलुरु उडेको नेपाल एयरलाईन्सको जहाज काठमाडौँ फर्कियो

वि.सं.२०८० जेठ १३ शनिवार

729 

shares

काठमाडौँ । भारतको बैंगलुरुका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोकिएको आशङ्कामा काठमाडौँ फर्किएको छ ।

काठमाडौँबाट बैंगलुरु उडेको निगमको उडान नं २२५ को न्यारो बडी ‘ए’३२० जहाज उडेको २५ मिनेटमै पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाजमा चरा ठोकिएको आशङ्का गरिएको छ । “जहाज विमानस्थलबाट उड्ने क्रममा चरा ठोक्किएको भन्ने आशङ्कामा काठमाडौँ ‘डाइभर्ट’ भएको छ, ‘सस्पेक्टेट बर्ड हिट’ भनिएको छ, अहिले प्राविधिक टोलीले जहाजको परीक्षण गरिरहेका छन”, प्रवक्ता सिटौलाले भने ।

जहाज दिउँसो १ बजेर ४५ मिनेटमा बैंगलुरुका लागि उडेको थियो । विमानस्थलबाट ४० माइल पुगेर ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) ‘एप्रोच’ लिएर जहाज दिउँसो २ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो । सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत गन्तव्य लैजाने तयारी भइरहेको पनि विमानस्थलले जनाएको छ ।

वि.सं.२०८० जेठ १३ शनिवार १९:०४ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...