back
CTIZAN AD

सनराईज बैंकले दियो सुर्खेतमा पाँचदिने दुग्ध उत्पादन तालिम

वि.सं.२०८० जेठ १७ बुधवार

777 

shares

काठमाडौं । सन्राइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम दिएर आम्दानी वृद्घिमा मद्दत गर्ने तथा व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्यका साथ तालिम दिइएको हो ।

जेठ ८ देखि वीरेन्द्रनगरमा संचालन उक्त ५ दिने तालमिमा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रमा प्रमुख अतिथी वीरेन्द्रनगर २ का कार्यवाहक वडाअध्यक्ष गज बहादुर बुढा, विशिष्ट अतिथी सन्राइज बैंक कर्णाली प्रदेशका प्रमुख धर्म कुमार विष्ट, बैंकको केन्द्रीय कार्यालयबाट कृषि कर्जा शाखा अधिकृत सुवास पोखरेल तथा बैंकका वीरेन्दनगर शाखाका शाखा प्रमुख सुष्मा गिरीको उपस्थिति रहेको थियो ।

५ दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले गरेका थिए ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुसाशन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

सिपमुलक तालिमले महिला कृषकहरुमा दुग्ध पदार्थको उत्पादन बृद्घि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यवसायिक क्षमतामा वृद्घि गर्ने बैंकले विश्वास लिएको छ ।

 

वि.सं.२०८० जेठ १७ बुधवार १६:११ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...