Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

नबिल बैंकद्वारा एकैदिन एकैसाथ ३८ साखा विस्तार, कहाँ कति शाखा थपिए ?



काठमाडौं । नबिल बैंकले एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीयस्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो।

’नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठवटा र बैंकका संचालक निर्वाण चौधरीले आठवटा शाखाहरु उद्घाटन गरेका थिए ।

त्यस्तै बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७÷७ वटा शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब