
काठमाडौं । ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ ।
‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८, २०८० देखी असार ३०, २०८०, डेढ महिनासम्म चल्ने छ ।
सो अफरमा ग्राहकले आइएमई पे को ’रु १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने छन् ।
आइफोन जित्ने ग्राहकको आइएमई पेबाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुनेछ ।