
नवलपरासी । नेपाली कांग्रेसनिकटकाे विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नवलपुरको कावासोती नगरपालिकामा तालाबन्दी गरेको छ । आफ्ना मागहरू नगरपालिकाले बेवास्ता गरेकाे भन्दै नेविसंघले नगर प्रमुख विष्णुप्रसाद भुसालको कार्यकक्ष र शिक्षा शाखामा शुक्रबार तालाबन्दी गरेको हो ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले तालाबन्दी गराएकाे जनाएकाे हाे । नेविसंघले आफ्ना मागहरू पुरा नभएसम्म आन्दाेलनका कार्यक्रम जारी राख्ने जनाएकाे छ । तालाबन्दीसँगै नेविसंघले रिले अनसन सुरु गरेको छ ।
यसअघि नेविसंघले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न माग गर्दै जिल्लाका ८ वटै स्थानीय तहमा विज्ञप्ति र ज्ञापनपत्र बुझाएको थियो । सोही क्रममा नेविसंघले कावासोती नगरपालिकामा पनि जेष्ठ ८ गते ज्ञापनपत्र बुझाएको थियो । नगरपालिकाले उक्त ज्ञापनपत्रकाे बेवास्ता गरेको भन्दै नेविसंघ आन्दाेलनमा उत्रिएकाे हाे।
यस्ताे छ नेविसंघकाे विज्ञप्ति