back
CTIZAN AD

कावासोतीका नगर प्रमुख भुसालको कार्यकक्षमा विद्यार्थीकाे तालाबन्दी

वि.सं.२०८० जेठ १९ शुक्रवार

879 

shares

नवलपरासी । नेपाली कांग्रेसनिकटकाे विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नवलपुरको कावासोती नगरपालिकामा तालाबन्दी गरेको छ । आफ्ना मागहरू नगरपालिकाले बेवास्ता गरेकाे भन्दै नेविसंघले नगर प्रमुख विष्णुप्रसाद भुसालको कार्यकक्ष र शिक्षा शाखामा शुक्रबार तालाबन्दी गरेको हो ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले तालाबन्दी गराएकाे जनाएकाे हाे । नेविसंघले आफ्ना मागहरू पुरा नभएसम्म आन्दाेलनका कार्यक्रम जारी राख्ने जनाएकाे छ । तालाबन्दीसँगै नेविसंघले रिले अनसन सुरु गरेको छ ।

यसअघि नेविसंघले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न माग गर्दै जिल्लाका ८ वटै स्थानीय तहमा विज्ञप्ति र ज्ञापनपत्र बुझाएको थियो । सोही क्रममा नेविसंघले कावासोती नगरपालिकामा पनि जेष्ठ ८ गते ज्ञापनपत्र बुझाएको थियो । नगरपालिकाले उक्त ज्ञापनपत्रकाे बेवास्ता गरेको भन्दै नेविसंघ आन्दाेलनमा उत्रिएकाे हाे।

यस्ताे छ नेविसंघकाे विज्ञप्ति

वि.सं.२०८० जेठ १९ शुक्रवार १८:१६ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...