Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतको ओडिसामा भएको भयानक रेल दुर्घटनामा २३३ जनाको मृत्यु, झण्डै ९०० घाईते



काठमाडौं । भारतको ओडिसा राज्यमा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सीका अनुसार ओडिसा राज्यको बालसोर जिल्लामा तीनवटा रेल एकाआपसमा ठोक्किदा भयानक दुर्घटना भएको हो ।

हावडा–चेन्नई कोरोमंडल एक्सप्रेसको समान भरिएको रेलसँग ठोक्किएपछि उक्त दुर्घटना भएको हो । सोहि रेलसँग यशवंत–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।

ओडिशाका मुख्यसचिव प्रदीप जेनाले उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको र ९०० बढी घाईते भएको ट्विटरमार्फत् जानकारी दिएका छन् ।

त्यसैगरी दुर्घटनास्थलमा पुगेका रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने घोषणा समेत गरेका छन् । साथै गम्भीर घाईतेलाई दुई लाख र घाईतेहरुलाई ५० हजार दिने घोषणा समेत गरेका छन् ।

photo-ANI

 


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।