back
CTIZAN AD

आधुनिकताको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढ्यो–उपप्रधानमन्त्री श्रेष्ठ

वि.सं.२०८० जेठ २१ आइतवार

981 

shares

पाटन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन् ।

आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा रुद्रायणी देवगणमा नव प्रवेशी आठ देव गणको सम्मानमा आयोजित कार्यक्रममा उनले आधुनिकताको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढेको बताउँदै पहिचान छोडेर यान्त्रिक नक्कल गर्न नहुने बताए ।

“पहिचान र संस्कृतिको रक्षा गर्नुको सट्टा यान्त्रिक नक्कल गर्दा कति पीडा हुन्छ भन्ने कुरा मैले भोगेको छु । आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु होइन । आधुनिक संस्कृतिको नाममा भद्दा नक्कल गर्ने प्रवृत्ति बढ्यो, यसले हामीलाई विस्तारै आफ्नो भाषा, संस्कृति बिर्साएर अङ्ग्रेजीमा नक्कल गर्नेतिर धकेल्यो । हामी मातृभाषा भन्दा अङ्ग्रेजीमा गर्व गर्न थाल्यौँ । यसको परिणाम हामीले आफ्नो पहिचान र संस्कृति भुल्दै गयौँ”, उनले भने ।

मन्त्री श्रेष्ठका अनुसार हाम्रो पहिचान र संस्कृति बनाउने काम हामीले नगरे कसैले गर्दैन । “तीनै तहको सरकार, स्थानीयहरु र गुठीहरु मिलेर यसको रक्षा र जगेर्ना गर्नुपर्छ”, उनले भने,, “खोकनावासी नेवार समुदायले जातीय पहिचान र संस्कृति जगेर्ना गर्न गर्नुभएको योगदानको सम्मान गर्न चाहन्छु ।”

मन्त्री श्रेष्ठले हरेक जातिको आफ्नै पहिचान र संस्कृति हुने उल्लेख गर्दै यसको रक्षा गर्न सके गर्व गर्न सकिने र अरुको उत्पीडन नहुने बताए । उनले पहिचानको रक्षा गर्न नसक्दा आर्थिक मात्रै नभई विभिन्न सांस्कृतिक र पहिचानका दृष्टिकोणबाट पनि पीडित हुनुपर्ने तर्क गरे ।

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले खोकनालाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर समुन्नत र समृद्धिको खोकना, राष्ट्रको समुन्नत र समृद्धिको एउटा अङ्गको रूपमा अगाडि बढाउन यो १२ वर्षे मेला सफल होस् भन्ने कामना गरिन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कला संस्कृति यहाँको पहिचान तथा इज्जत भएको बताउँदै यसलाई बचाउन गरेको पहलप्रति खोकनावासीलाई धन्यवाद व्यक्त गरे । उनले मूर्त तथा अमूर्त सम्पदा बचाउन महानगरले महत्त्वपूर्ण काम गरेको बताए ।

रुद्रायणी मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष तथा देवगण वेखनर महर्जनले गाईजात्राको भोलिपल्टदेखि एक महिनासम्म रुद्रायणीदेवीलाई गुफा राखिने र गुफाबाट निकालेसँगै मेला सुरु हुने बताए । देवगण महर्जनका अनुसार खोकनाबाट सुरु भएको जात्रा बुङमती, पाटन, हनुमानढोकामा देखाइन्छ, त्यसपछि रुद्रायणी मन्दिर परिसरमै देखाएपछि सम्पन्न हुन्छ ।

काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित खोकनाका ४६ जना देवगणमध्ये आठ नयाँ देवगणलाई आज सम्मान गरिएको हो । योसँगै ४३ जना देवगण पुगेको वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी गराए । अध्यक्ष महर्जनका अनुसार अझै तीन देवगणको व्यवस्थापन हुन बाँकी छ ।

 

वि.सं.२०८० जेठ २१ आइतवार २०:४७ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...