back
CTIZAN AD

वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो

वि.सं.२०८० जेठ २२ सोमवार

1.1K 

shares

काठमाडौँ । वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोले मानवीय क्रियाकलापका कारण वातावरण प्रदूषण दिनहुँ बढ्दै गएकाले नियन्त्रण गर्न सबैले आफैबाट सुरुवात गर्नुपर्ने बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागले आज यहाँ आयोजना गरेको मूलसमारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालयमातहतका निकायमा वातावरणसम्बन्धी काममा दोहोरोपन हुन नहुने उल्लेख गरे । मातहतका निकायलाई निर्देशन दिँदै मन्त्री महतोले भने, “परिणाम देखिने गरी कार्यदिशा र योजना आजैका मितिदेखि बनाउनुस् ।”

दक्षिण एसियाका प्रायः मुलुकमा युरो–३ स्टाण्डर्डभन्दा माथिका सवारीसाधन चल्ने गरेको तथ्य उल्लेख गर्दै उनले प्रश्न गरे, “नेपालमा अझै पनि युरो–३ स्टाण्डर्डका सवारीसाधन किन आयात भइरहेका छन् ।”

मन्त्री महतोले पुराना र बढी धुँवा फाल्ने सवारीसाधन विस्थापित गर्ने, युरो–३ स्टाण्डर्डभन्दा माथिका सवारी आयात हुने गरी एक हप्ताभित्र प्रतिवेदन तयार गर्न विभागलाई निर्देशनसमेत दिए । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यसवर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा वातावरणीय कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष उक्त दिवस मनाउँदै आएको छ ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले सबै प्रकारका प्रदूषणमा प्लास्टिकको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै वातावरणको मुद्दा अब स्वास्थ्यको मुद्दा भइसकेको बताए । उनले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा वातावरणसम्बन्धी विद्यमान ऐन, नियम र नीति परिमार्जनको आवश्कता आँैल्याए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्यालले प्रकृतिले मानिसलाई धेरै कुरा दिएको भए पनि मानिसकै क्रियाकलापका कारण प्रकृति कुरुप बन्दै गएकाले सबै सचेत हुनु आवश्यक छ भने । उनले प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्लास्टिकको पुनःप्रयोगमा जोड दिन आग्रह गरे ।

विभागका महानिर्देशक शिवलाल तिवारीले वातावरण प्रदूषण नियन्त्रणका चुनौतीमध्ये प्लास्टिकजन्य प्रदूषण ठूलो चुनौतीका रुपमा रहेको र यसको नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट आवश्यक काम गरिरहेको जानकारी गराए । त्रिभुवन विश्वविद्यालयका प्रा डा रेजिना मास्केले प्लास्टिक बिना जीवन चल्न गाहो भइसकेको वर्तमान अवस्थामा प्लास्टिकजन्य प्रदूषण नियन्त्रण र व्यवस्थापनका लागि प्लास्टिकको पुनःप्रयोग पुनःचक्र्रण गरिनुपर्ने बताइन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले यस्ता दिवसले जनचेनता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै वातावरण संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
कार्यक्रममा मन्त्री महतोले वायु गुणस्तर प्रतिवेदन, २०२१ पुस्तक विमोचन गरिएको थियो । सो अवसरमा वातावरण संरक्षण तथा जनचेतनामूलक सामग्री प्रदर्शन गरिएको थियो ।

 

वि.सं.२०८० जेठ २२ सोमवार १६:४२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...