back
CTIZAN AD

पर्यटनमन्त्री किराँती किन गएनन् भारत भ्रमणमा ? यस्ताे छ उनकाे स्पष्टीकरण

वि.सं.२०८० जेठ २३ मंगलवार

765 

shares

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले आफू भारत भ्रमण नगएकाे बारे कारण खुलाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बाेल्दै किराँतीले दुई देशबीचमा उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका छन् ।

‘हेलिकोप्टर को चढिएन ? भयो के ? यतिसम्म भयो कि ठूला व्यापारी, धनाढ्य घरानाकाले त उडाउने नै भए । कति हो कति हुँदो रहेछ, पर्यटन मन्त्रालय उड्नुपर्ने । ७० वटा जति देशबाट त निमन्त्रणा नै आयो । भ्रमण पनि जान्नँ भन्दिएँ । मैले हेलिकोप्टर पनि नचढ्ने दुई देशबीचको सम्झौता हुँदैन भने विदेश पनि नजाने । त्यसैले यसपालि इण्डिया पनि नगएको’, किराँतीले भनेका छन्, ‘खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्थ्यो नि, तर गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जाने ? ठूलो मान्छे भयो नभन्नुहोला, त्यहाँका मानिसले ।’

मन्त्री किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन मुख्य आवश्यकता भएको बताएका छन् । नेपाली पहिचान बाेकेका उत्पादनलाई बजारीकरण गरेर मात्रै देशकाे विकास हुने उनकाे भनाइ छ ।

उनले भने, “नेपाली पहिचान बोकेका गाउँघरका उत्पादन र स्वादलाई पर्यटनको विकास र प्रवर्द्धनमा जोड्नुपर्छ। मुलुक र जनताको हितमा काम गर्नुपर्छ भन्ने हुटहुटी र सहासले पर्यटन क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्दै प्रवर्द्धनका कार्यक्रम गर्न कोसिस गरिरहेको छु।”

कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रीको जुहारीले कुनै पनि जिल्लाको विकास कम हुनु नहुने बताए । ओखलढुंगाको विकासका लागि आफूले अर्थमन्त्री र पर्यटनमन्त्रीसँग बारम्बार अनुरोध गरे पनि एकले अर्कोलाई दोष दिएर पन्छिएको उनको आरोप छ ।

वि.सं.२०८० जेठ २३ मंगलवार १७:४० मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...