back
CTIZAN AD

‘सफा हिमाल अभियान २०२३’ सफलतापूर्वक सम्पन्न

वि.सं.२०८० जेठ २३ मंगलवार

906 

shares

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करणले उल्लेखनीय सफलता हासिल गरेको छ । विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा होटल हायात प्लेसमा एक समापन कार्यक्रम आयोजना गरेर उक्त अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको हो । कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा लगायत अभियानमा संलग्न अन्य साझेदार निकायहरू र सरकारी अधिकारीहरू तथा मुख्य सरोकारवालाहरू सहभागी थिए ।

चार मुख्य हिमालहरु – सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्से सरसफाई गर्ने उद्देश्यका साथ यो अभियान २८ मार्चमा सुरु भएको थियो । अत्यधिक उचाइमा रहेका यी हिमालहरुबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाल आर्मीका सदस्यहरु र शेर्पाहरु गरी ९७ जना सहभागी थिए ।

टिमको अथक प्रयासले ३५ हजार ७०८ किलोग्राम फोहोर सङ्कलन गर्न सफल भएको थियो । यसरी संकलन गरिएका फोहोरहरु काठमाडौं पठाई पूर्ण रुपमा छुट्ट्याएर रिसाइकल पार्टनर क्रिएसनलाई हस्तान्तरण गरिनेछ । जसले ती फोहोरहरुलाई पुन छुट्ट्याएर रिसाइकल अथवा उचित रुपमा व्यवस्थापन गर्नेछ ।

अभियानको सफलताको बारेमा चर्चा गर्दै सफा हिमाल अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेज्यूले भने, “यी चार मुख्य हिमालहरुबाट ३५ हजार ७०८ किलोग्राम फोहोर संकलन गर्न सफल भएकोमा हामीलाई गर्व लागेको छ । प्रतिकूल मौसम र अत्यधिक उचाइका कारण यात्रा अवश्य चुनौतीपूर्ण र जोखिमपूर्ण थियो तर हाम्रा हिमालहरु सफा राख्ने यो अभियान सफलतापुर्वक सम्पन्न हुनुलाई हामीले गर्वको रुपमा लिनुपर्छ । साथै यो अभियानलाई सफल बनाउन मद्दत पुर्‍याएकोमा वातावरणप्रति जिम्मेवार सम्पूर्ण संस्थाहरुको अटल सहयोगप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौँ । यो अभियानको सुरुवातदेखि नै निरन्तर सहयोग प्रदान गरेकोमा कोका–कोला फाउन्डेसनलाई विशेष धन्यवाद प्रदान गर्दछौँ ।”

कोका–कोला फाउन्डेसनका अध्यक्ष सादिया माड्सब्जर्गज्यूले सफा हिमाल अभियानसँगको साझेदारीलाई जोड दिँदै भने, “कोका–कोला फाउन्डेसनको सफा हिमाल अभियानसँगको सहकार्यले वातावरणलाई फोहोर–मुक्त बनाउने हाम्रो दृढ प्रतिबद्धतालाई थप सार्थक बनाएको छ । यी हिमालहरु प्राकृतिक सम्पत्ति हुन् र नेपालीहरुको लागि सांस्कृतिक रुपमा पनि महत्त्व राख्छन् । हामीलाई आशा छ कि यी हिमालहरुको पवित्रता जोगाउन हाम्रो सहयोगले पनि भूमिका खेल्नेछ । यस्ता अभियानहरूले जलवायु परिवर्तन विरुद्ध पहल गर्न नेपाल र विश्वभर नै प्रेरित गर्नेछ भनेर हामी आशा गर्दछौँ ।”

वातावरणीय दिगोपन र सामुदायिक संलग्नता सम्बन्धी परियोजनाहरुको लागि कोका–कोला फाउन्डेसन सधैँ अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको छ । जसमध्य सफा हिमाल अभियान पनि एक हो । नेपाली सेना, सरकारी संस्थाहरु, दातृ संस्थाहरु र संलग्न सम्पूर्णको सामूहिक प्रयासबाट हिमाली क्षेत्रमा फोहोर व्यवस्थापनको महत्वबारे जनचेतना जगाउन यो अभियानले महत्वपूर्ण प्रभाव पारेको छ । सफा हिमाल अभियान २०२३, सहकार्य, धैर्य र वातावरणीय जिम्मेवारीको प्रेरणादायी उदाहरण बन्न पुगेको छ । यो अभियान नेपालको प्राकृतिक सम्पदालाई भावी पुस्ताका लागि संरक्षण गर्ने सामूहिक प्रतिबद्धताको प्रमाण पनि हो ।

वि.सं.२०८० जेठ २३ मंगलवार १७:५० मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...