back

बजेटले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै निर्माण व्यवसायीद्वारा मन्त्रीको ध्यानाकर्षण

वि.सं.२०८० जेठ २४ बुधवार

327 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । आर्थिक वर्ष २०८०\०८१ को बजेट मार्फत् सरकारले म्याद थप लगायतका महत्वपूर्ण मागहरू सम्बोधन नगरेको भन्दै आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरूका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार मन्त्री ज्वालालाई भेटी महासंघका मागहरूका विषयमा ध्यानाकर्षण गराएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले माइलस्टोनको खारेजी सहित म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायतका व्यवसायीहरूको अत्यन्त महत्वपूर्ण मागहरू बारे बजेटमा केही सम्बोधन नभएकाले व्यवसायीहरू ठूलो मारमा परेको बताए । मूल्य समायोजन सहित एकमुष्ट रुपमा २०८१ असार मसान्त सम्म सबै आयोजनाहरूको म्याद थप हुनुपर्ने उनले बताए ।

व्यवसायीहरूको रकमको भुक्तानी भएमा अर्थतन्त्र चलायमान भई त्यसको सकारात्मक प्रभाव राज्यको अर्थतन्त्रमै देखिने उनले बताए । विदेशी निर्माण व्यवसायीहरूको तुलनामा स्वदेशी व्यवसायीहरूले राम्रो काम गरेको दाबी पनि उनले गरे ।

महासंघका मानार्थ सदस्यहरू पूर्णबहादुर तामाङ ‘कान्छाराम’, गेल्जे लामा, सल्लाहकारहरू यक्षध्वज कार्की, जयराम लामिछाने लगायतले मुलुकको निर्माण उद्योगलाई बचाउने हो भने राज्यले नै अहिलेको विषम परिस्थितिलाई सहज बनाउन पहलकदमी लिनुपर्ने धारणा राखे ।

जवाफमा मन्त्री ज्वालाले म्याद थप र भुक्तानीका विषयमा आफू सकारात्मक रहेको बताउँदै व्यवसायीहरूको समस्या समाधानमा सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । मन्त्रालयका सचिव इन्जिनियर केशव कुमार शर्माले पनि व्यवसायीहरूका माग प्रति मन्त्रालय सकारात्मक रहेको जानकारी दिए ।

महासंघ प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्षहरू रामजी पन्त ‘मुकेश’, बालकृष्ण थापा, नीतिगत उपमहासचिव शिवहरि घिमिरे, कार्य समिति सदस्य दानबहादुर खड्का, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायत रहेका थिए । महासंघले आफ्ना मागहरूका विषयमा अन्य मन्त्रीहरूलाई पनि अवगत गराउने महासंघका प्रवक्ता समेत रहेका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले जानकारी दिए ।

 

वि.सं.२०८० जेठ २४ बुधवार ०८:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
प्रभु स्टक मार्केट लिमिटेडको उद्घाटन

प्रभु स्टक मार्केट लिमिटेडको उद्घाटन

  काठमाडौं । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु...

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडाेँ  । स्थानीय बजारमा सुन र चाँदी दुबैको मूल्य ह्वात्तै...

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०÷८१ मा रु आठ...

यी १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

यी १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ कम्पनीलाई कालोसूचीमा...

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

एक वर्षमा क्यासिनोबाट एक अर्ब ३३ करोड राजस्व संकलन

एक वर्षमा क्यासिनोबाट एक अर्ब ३३ करोड राजस्व संकलन

काठमाडौ । एक वर्षको अन्तरालमा २१ वटा क्यासिनोले राजस्व बुझाएर...