back
CTIZAN AD

आईएमई लाईफ बन्यो प्रिमियममा आइपिओ निष्कासन गर्ने पहिलो जीवन बीमा कम्पनी

वि.सं.२०८० जेठ २४ बुधवार

1.3K 

shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ ।

नेपाल धितो पत्र बोर्डले स्वीकृति दिएसँगै इन्स्योरेन्स कम्पनी प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको हो । कम्पनीले प्रतिकित्ता २३६.९१ रुपैयामा जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डको वेवसाइटमा विवरण पत्र प्रकाशनको लागी स्वीकृति भएको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापीटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले कम्पनीले २ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ । यसै गरी जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

नेपालको प्रतिष्ठित र अग्रणी व्यवसायिक समूह आइएमई ग्रुपद्वारा प्रवद्र्धित बिभिन्न कम्पनीहरु मध्ये आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी पनि एक हो । दक्ष तथा अनुभबी व्यवस्थापनद्वारा संचालित यस आई.एम.ई.लाइफ इन्स्योरेन्सले बीमित तथा शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ । आर्थिक बिकासमा बीमा क्षेत्रबाट अर्थपूर्ण सहभागीता जनाउनु यस कम्पनीको उद्देश्य रहेको छ ।

 

वि.सं.२०८० जेठ २४ बुधवार ०८:१९ मा प्रकाशित

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...