back
CTIZAN AD

सिकलसेल एनिमियाबाट बच्न विवाह पूर्व रगत जाँच गर्नुपर्ने सुझाव

वि.सं.२०८० जेठ २८ आइतवार

966 

shares

खजुरा । पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियान थालिएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका थारू जनसङ्ख्या बढी भएका स्थानीय तहका वडामा रगत जाँच शिविर तथा परामर्श सेवा सञ्चालन गरेर बिरामी र वाहक पत्ता लगाउने तथा उनीहरूलाई परामर्श दिने अभियान थालेको हो ।

जिल्लाको राप्ती सोनारी गाउँपालिकाको वडा नं २ र ६ मा सिकलसेल एनिमियाका बिरामीको शिविर तथा परामर्श कार्यक्रम गरिएको हो । ती दुवै वडामा फेला परेका बिरामी, वाहक र उनका अभिभावकलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वली, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलगायतको टोलीले रोग र सोबाट जोगिनका लागि परामर्श दिएका हुन् ।

वरिष्ठ फिजिसियन डा पाण्डेले यो रोगबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्ने जनाउँदै रगत जाँच गरेरमात्रै विवाह गर्ने तथा रोगी र रोगीबीच विवाह गर्न नहुने बताए । उनका अनुसार रगत जाँचपछि प्राप्त रिपोर्ट र सोही आधारमा वितरण गरिएको ‘कार्ड’ हेरेर मात्र विवाह गर्ने प्रचलन समुदायमा सुरु गर्नुपर्ने बताए ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकामा यो रोग बढ्न नदिन सबै उपाय अपनाइने जनाउँदै बिरामीको निःशुल्क स्वास्थ्य बीमा गरिने जानकारी दिए । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार राप्ती सोनारीका थारू बाहुल्य चारवटा वडामा करिब तीन हजार तीन सय १३ जनाको रगत जाँच गर्दा ११ सिकलसेलका बिरामी र तीन सय ७६ रोगका वाहक फेला परेका छन् ।

उनका अनुसार पछिल्लोपटक वडा नं ६ कमैयाडाँडामा छ सय ३१ जनाको नमूना जाँच गर्दा दुई जना रोगी र ३६ जना वाहक फेला परेको र वडा नं २ कञ्चनापुरमा चार सय ८७ जनाको नमूना जाँच गर्दा तीन रोगी र ४४ जना वाहक फेला परेका थिए ।रासस

 

वि.सं.२०८० जेठ २८ आइतवार ११:४० मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...