back
CTIZAN AD

प्राविधिज्ञहरुलाई समेट्दै नाडाले बनायो शीप तथा क्षमता विकास इकाई

वि.सं.२०८० जेठ २८ आइतवार

774 

shares

काठमाडौं । अटोमोबाईल्स एसोशियसन अफ नेपाल (नाडा)ले अटोमोवाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुलाई समेटेर शीप तथा क्षमता विकास इकाई गठन गरेको छ ।

संस्थाले शीप तथा क्षमता विकासका लागि दीर्घकालिन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे जाने उद्धेश्यले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यीय इकाई गठन गरेको हो ।

विद्युतीय सवारी साधनहरुको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले २४ र २५ गते नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी समेत सम्पन्न गरेको छ ।

शुरुआती चरणको उक्त कार्यशाला गोष्ठिमा विद्युतिय सवारी साधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट जम्मा ७ जना प्राविधिज्ञहरु सहभागी भएका थिए भने नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट महासंघका पाठयक्रम विकास विशेषज्ञ खेमराज काफलेले सो गोष्ठिमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।

विद्युतिय सवारी साधनहरुको प्रयोग र महत्व दिन प्रतिदिन बढदै गएको परिप्रेक्षमा नाडाले पहिलोपटक त्यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको जनाएको छ ।

उक्त गोष्ठीमा महासंघ अन्तर्गत रहेको इ.एल.एम.यस का टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख पर्शुराम नेपालको विशेष सहयोग रहेको सो वर्कशप गोष्ठिको लागि नाडाका उपाध्यक्ष, विद्युतीय सवारी साधन समितिका सभापति र स्कील डेभलपमेण्ट इकाईका सभापति राजनबाबु श्रेष्ठले आवश्यक पहल गरेका थिए ।

यस किसिमको वर्कशप गोष्ठीबाट नाडाले विद्युतिय सवारी साधनहरुको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने अपेक्षा राखेको छ ।
त्यसैगरी नाडाले महासंघसंगको सहयोगमा त्यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरु सम्पन्न गर्दे जाने लक्ष्य समेत लिएको छ ।

यसै क्रममा नाडाले अटोमोवाइल वर्कशपमा कार्यरत मेकानिक्सहरुको शीप र क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालनका लागि स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको इनसियोरसंग पनि छिट्टै संझौता पत्रमा हस्ताक्षर गर्र्ने तयारी गरिरहेको जनाएको छ ।

वि.सं.२०८० जेठ २८ आइतवार १७:४८ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...