काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताललाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
बैंकले शुक्रबार आयोजित एक कार्यक्रमका बीच अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको हो ।
बैंकका प्रदेश कार्यालय विराटनगरमार्फत शाखा कार्यालय रंगेलीद्वारा रंगेली अस्पातलाई एक समारोहका विच सामान प्रदान गरेको हो ।
उक्त कार्यक्रममा रंगेली नगरपालिकाका नगरप्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समिति का अअध्यक्ष साथै अस्पताल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बैंकले डिल्लीबजारस्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरेको छ ।
विद्यार्र्थीहरुलाई पठानपाठनमा सजिलो होस भन्ने मनासयले प्रोजेक्टर प्रदान गरिएको बैंकले जनाएको छ ।निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरुमार्फत संचालन गर्ने योजना रहेको जनाएको छ ।
सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्गईकाईहरु बाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०८० जेठ २८ आइतवार १७:२६ मा प्रकाशित



























