back
CTIZAN AD

सन्राइज बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

वि.सं.२०८० जेठ ३१ बुधवार

675 

shares

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैंकको योगिकुटी शाखाले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

श्री जनता मा.वि, शुद्धोधन गाउँपालिका ०७, रुपन्देहीमा सञ्चालन गरिएको उक्त निःशुल्क आँखा शिविर कार्यक्रमबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरु लिएका थिए ।

त्यसैगरी, सन्राइज बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा जेष्ठ २५ गते छिटाहा मा.वि, छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो ।

उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधाहरु प्रदान गरिएको थियो । कार्यक्रममा १ सय ५१ सहभागीहरु थिए ।

हरेक वर्ष देशका विभिन्न स्थानहरुमा गई त्यहाँका समुदायको आवश्यकतालाई अध्ययन गरी उनीहरुलाई आवश्यक स्वास्थ्य, शिक्षा, पूूर्वाधार निर्मा ण महिला सशक्तिकरण लगायतका विषयहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दै आएको बैंकले जनाएको छ ।

 

वि.सं.२०८० जेठ ३१ बुधवार १२:३८ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...