back
CTIZAN AD

नेपालमा पनि सुरु भयो आइस स्केटिङ खेल, यस्ता छन् खेलका विशेषता

वि.सं.२०८० असार ४ सोमवार

768 

shares

काठमाडौँ । विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो ।

बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक रुपमा पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालन प्रबन्धक शालिकराम खत्रीका अनुसार खेलमा रुचि राख्ने र यसैलाई करिअर बनाउन चाहनेले पनि यसलाई प्रयोग गर्न सक्ने बताए ।

“यसै खेलमा करिअर बनाउन चाहेका लागि प्रशिक्षणका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ”, उनले भने, “अन्तर्राष्ट्रिय गेम आइस हक्कीका लागि पनि यहाँ तालिम गर्न सकिन्छ ।”

कम्पनीले खेलका लागि प्रत्येक शनिबार र आइतबार तथा बिदाका दिन टिकटको मूल्य रु आठ सय तोकिएको छ भने अन्य दिनमा भने रु पाँच सय तोकिएको छ । एउटा टिकटबाट ४० मिनेटसम्म खेल खेल्न पाइन्छ । खेल खेल्ने क्रममा कम्पनीले हेल्मेट, जुत्ता, घुँडामा लगाइने गार्ड समेत उपलब्ध गराउँछ ।

खेलमा प्रयोग हुने उपकरण गुणस्तरीय र सुरक्षित रहनुका साथै प्रशिक्षणका लागि जनशक्ति पनि तयार रहेको उनको भनाइ छ । फनल्यान्डमा आइस स्केटिङका साथै जुम्पिङ, निन्जा ट्रेनिङ, रक क्लाम्बिङ, बुल राइडलगायत भिडियो खेलहरुमा डान्स, बाइक, कार रेस, भिआर–थ्रिडी गेम, बास्केटबल, एअर हक्की, ग्राभिटीको सुविधा समेत उपलब्ध गराइएको छ ।

वि.सं.२०८० असार ४ सोमवार १४:२५ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...