back
CTIZAN AD

अफगानिस्तानको तखार सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २ जना घाइते

वि.सं.२०८० असार ५ मंगलवार

894 

shares

काबुल । अफगानिस्तानको तखारमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

खामा प्रेस समाचार एजेन्सीका अनुसार पहिलो घटना प्रदेशको चाआब जिल्लामा भएको दुर्घटनामा सवारी साधन पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दोस्रो घटना सोही क्षेत्रमा विपरीत दिशाबाट आउँदै गरेको अर्को गाडीसँग ठोक्किँदा एक जनाको मृत्यु भएको हो । यसअघि उत्तरपूर्वी प्रान्त बदख्सानको कोफाब जिल्लामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको खामा प्रेसले जनाएको छ ।

खामा प्रेसका अनुसार गत साता सर्(एपोल, बामियान र जाबुल प्रान्त लगायत देशका विभिन्न क्षेत्रहरूमा भएका धेरै सडक दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको र ४५ जना गम्भीर घाइते भएका छन् ।

सडक दुर्घटनामा बृद्धि हुनुमा गैरजिम्मेवार सवारी चालक पक्की सडकको अभाव, कम मर्मतसम्भार र ट्राफिक नियम पालना नगर्नु लगायातका कारण रहेको अधिकारीहरूले बताएका छन् ।

रासस र एएनआई

वि.सं.२०८० असार ५ मंगलवार १२:२७ मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...