back
CTIZAN AD

योजना आयोगद्वारा १६ औँ योजनाका लागि विज्ञसँग सुझाव

वि.सं.२०८० असार ७ बिहीवार

846 

shares

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि आयोगका पूर्वउपाध्यक्ष, पूर्वसदस्य तथा विज्ञहरूसँग सुझाव लिएको छ ।

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी १६औँ योजना तर्जुमाको तयारी शुरु गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री समेत भइसकेका आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर समेत रहेका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, पूर्व उपाध्यक्ष डा. पृथ्वीराज लिगल, डा. जगदिशचन्द्र पोखरेल र डा. दिनेशचन्द्र देवकोटा सहभागी थिए । आयोगका पूर्वसदस्य तथा अर्थविद् डा. चन्द्रकान्त पौडेल, डा. जनकराज शाह, डा. गोविन्द नेपाल, त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी डिन डा. कुसुम शाक्य र अर्थशास्त्र विभाग प्रमुख डा. शिवराज अधिकारीलगायत उपस्थित थिए ।

आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले संरचनात्मक रुपान्तरणमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय हासिल गर्ने राष्ट्रिय आकांक्षाका साथ १६औँ योजनाको तयारी शुरु गरेको जानकारी दिए ।

अर्थतन्त्रमा रहेका चुनौतीको सामना गर्दै १६औँ योजनाको काम सम्पन्न गर्नुपर्ने भन्दै उपाध्यक्ष श्रेष्ठले विज्ञहरूको सुझाव लिएर काम अघि बढाइने बताए । आयोगले बुधबार पहिलो चरणको छलफल गरेको हो । छलफल शुक्रबारसम्म जारी रहने छ ।

 

वि.सं.२०८० असार ७ बिहीवार ०८:५१ मा प्रकाशित

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...