back
CTIZAN AD

स्याङ्जामा दूध र मासु उत्पादनमा विकेन्द्रीकृत आयोजना प्रभावकारी बन्दै

वि.सं.२०८० असार १० आइतवार

792 

shares

वालिङ । स्याङ्जामा दूध र मासुको उत्पादन वृद्धिमा नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको भूमिका प्रभावकारी देखिएको छ ।जिल्लामा दूध र मासुजन्यपदार्थ उत्पादन गर्ने गरी सञ्चालनमा रहेका समूह , सहकारी तथा व्यक्तिगत फार्मलाई थप व्यवस्थित बनाउने उद्देश्यले काम गर्दै आएको उक्त आयोजनाको पोखरास्थित विकेन्द्रीकृत आयोजना सहयोग इकाइका प्रमुख डा रेशमराज ज्ञवालीले बताए ।

विकेन्द्रीकृत आयोजनाअन्तर्गत गण्डकी प्रदेशमा ७४ वटा आयोजनामा सम्झौता भएकामा यस जिल्लाका २७ वटा आयोजना परेका थिए । तीमध्ये १८ वटा समूह, सहकारी तथा नौ वटा व्यक्तिगत फार्म तथा प्रालिलाई अनुदान उपलब्ध गराइएको उनको भनाइ थियो। विकेन्द्रित आयोजनाले दूध र मासु उत्पादनमा काम गर्दै आएका १८ वटा समूह तथा सहकारीलाई रु चार करोड ९२ लाख अनुदान उपलब्ध गराएको थियो । “अठार वटा समूह ,सहकारीलाई ५० प्रतिशतका दरले रु चार करोड ९२ लाख अनुदान उपलब्ध गराइएको छ” प्रमुख डा ज्ञवालीले भने , “यसमा तीस प्रतिशत बैंकबाट कर्जा र २० प्रतिशत किसानले नगद भुक्तानी गर्नुपर्छ ।”

व्यक्तिगत नौ वटा फार्मलाई रु तीन करोड अनुदान उपलब्ध गराइएको र बाँकी रु तीन करोड अनुदान पाएका फार्महरुले ब्यहोर्नुपर्ने उनले बताए । आयोजना कार्यान्वयन हुँदा गाईभैँसीको दूधमा ४० प्रतिशत वृद्धि हुने, खसी बोकाको मासु उत्पादनमा २० प्रतिशत वृद्धि हुने उक्त आयोजनाको अपेक्षा छ । उत्पादित दूध तथा मासुको बजारीकरणमा समेत थप टेवा पुग्ने विश्वास रहेको प्रमुख डा ज्ञवालीले उल्लेख गरे ।

विकेन्द्रित आयोजनामार्फत अनुदानप्राप्त भएसँगै किसानलाई थप व्यावसायिक बन्न प्रेरित गरेको गल्याङ नगरपालिका पशुसेवा शाखा प्रमुख सुशील अर्यालले बताए ।“दूध तथा मासु उत्पादनका क्षेत्रमा काम गर्न यस आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ” उनले भने, “पशुपालनका क्षेत्रमा थप लगानी आकर्षित गराउन सकिएको छ ।”

विकेन्द्रित आयोजना सञ्चालनमा आएसँगै नगरपालिका भित्र दूध र मासुजन्य पदार्थको उत्पादन वृद्धि भएको प्रमुख डा ज्ञवालीको भनाइ थियो । नगरपालिकाभित्र विकेन्द्रित आयोजना सञ्चालन भएका समूह, सहकारी तथा व्यक्तिगत फार्ममा पशुपालन व्यवसाय आधुनिक र थप व्यवस्थित तरिकाले अगाडि बढ्दै गएको छ ।

पशुसेवा क्षेत्रको क्षमता अभिवृद्धि, आधुनिकीकरण र सुदृढीकरण गर्ने, दूध तथा खसीबोकाको मासुको उत्पादकत्व तथा उत्पादन वृद्धि गर्ने, दूध खसीबोकाको मासुको मूल्य वृद्धि गराउने र पशुपालनका क्षेत्रमा थप लगानी आकर्षित गराउने उद्देश्यसहित सो आयोजना सञ्चालनमा ल्याइएको उनले बताए ।

वि.सं.२०८० असार १० आइतवार १४:५४ मा प्रकाशित

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...