काठमाडौं । पोखराको अर्चलबोटे चोकमा सिजी मोटर्सको सोरुमको उद्घाटन गरिएको छ । उक्त सोरुमको उद्घाटन नेपालका लागि चीनका राजदूत चेन सोङले गरेका हुन् । उद्घाटनपछि राजदूत सोङले नेपाल तथा चीनको अटुट सम्बन्धमा जोड दिनका साथै सिजी मोटर्सलाई सफलताको शुभकामना पनि दिए ।
समारोहमा सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो । उद्घाटनमा प्रमुख कार्यकारी अधिकृत अग्रवालले अब पोखरावासीले समेत सहज रुपमा नेटा भीको अनुभव गरी खरिद गर्न सक्ने बताए ।
उक्त कार्यक्रममा पोखराका लागि पहिलो इभी ट्याक्सी साथै, पहिलो विद्युतीय माइक्रोभ्यानको राजदूत सोङले हस्तान्तरण गरे । अब पोखरामा विद्युतीय गाडीको प्रयोग बढाउन सुझाव दिँदै उनले गाडी हस्तान्तरण गर्न पाउँदा आफू खुसी भएको बताए ।
पियोर इभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किमीको दूरी पार गर्न सक्ने कम्पनीले बाताएको छ । १७० एम एम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटोहरूका लागि पनि उपयुक्त रहेको कुरा सिजी मोटर्सका एक कर्मचारीले बताए । यो किसिमको ग्राउण्ड क्लीयरेन्स तथा यसको डिजाइनले नेटा भीलाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ ।
यसका साथै नेटा भी गाडीभित्र प्रदुषणरहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै गाडीभित्रको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ । कम्पनीका अनुसार नेटा भीमा विश्वले रुचाएको सिएटिएल ब्याट्रीको प्रयोग भएको छ । सिजी मोटर्सले नेटा भीका साथै इभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरू समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरू पोखराको शोरूममा समेत उपलब्ध हुने बताइएको छ ।
वि.सं.२०८० असार ११ सोमवार ०८:१२ मा प्रकाशित





























