back
CTIZAN AD

नेशनल लाईफको प्रि एम.डि.आर.टी सम्मान तथा बृहत् अभिकर्ता तालिम सम्पन्न

वि.सं.२०८० असार ११ सोमवार

747 

shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले प्रि एम.डि.आर.टी सम्मान तथा बृहत् अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसँग आवद्ध भई बीमा व्यवसाय गर्दै आईरहेका अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उद्देश्यले गरेको कम्पनीले जनाएको छ ।

सो अवसरमा उपस्थित करिब ७०० जना अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै उनीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पूरा गराउने उद्धेश्यका साथ अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम प्रदान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएको बताएका थिए ।

अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ थियो ।

अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिबद्धता अनुसार यो कार्यक्रम काठमाडौं, नेपालगंज, धनगढी, पोखरामा सम्पन्न गरीसकेको र यसैको निरन्तरता अनुसार आइतबार दमकमा गर्न लागिएको उनले जानकारी गराएका थिए ।

कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमनकुमार राईले संचालन गरेको सो समारोहमा समय भन्दा अगावै एमडिआरटीको लक्ष्य पुरा गरिसकेको दमक शाखा अन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथा उर्लावारी शाखाका अभिकर्ता एलिशा आले मगरलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका थिए ।

वि.सं.२०८० असार ११ सोमवार ०८:२१ मा प्रकाशित

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...