back
CTIZAN AD

हुवावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सम्पन्न

वि.सं.२०८० असार ११ सोमवार

621 

shares

काठमाडौं । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको २ दिने हुवावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सम्पन्न भएको छ ।

फोस्टरिङ डिजिटल सक्षम नेपाल नारासहित शुक्रबार र शनिबार २ दिनसम्म द सोल्टी काठमाडौंमा भएको कन्क्लेभमा ६ विषयवस्तुमा १५ बढी शत्रहरू सञ्चालन भएका थिए ।

शुक्रबार उद्घाटन शत्रमा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थिति रहेको थियो । यस्तै समापन शत्रमा विशिष्ट अतिथिको रूपमा अर्थमन्त्री डा. प्रकाशशरण महत उपस्थिति रहेको थियो । २ दिनसम्म चलेको कार्यक्रममा सांसद, मन्त्री, नेपाल सरकारका उच्च अधिकारी, साझेदार संस्थाका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता, विषय विज्ञ र सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो ।

आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति राजन लम्सालले डिजिटल रूपान्तरणका लागि डिजिटल सक्षमता मापन गर्ने प्रयास स्वरूप आयोजना भएको २ दिने कन्क्लेभले डिजिटल सक्षमताका विभिन्न आयाममा वृहत छलफल गरेको र यसले सरकारलाई नीति निर्माणमा पनि सघाउने बताए ।
यस्तै कन्क्लेभको उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डले डिजिटल क्षमता विकास गर्न पूर्वाधार र सुरक्षामा जोड दिन जरूरी रहेको बताएका थिए ।

उद्घाटन शत्रको फायरसाइड पावर संवादमा बोल्दै विशिष्ट अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पछिल्लो समय सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताइन् । त्यसैगरी समापन शत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री प्रकाशशण महतले हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२३ बाट आएको निष्कर्ष सरकारका लागि उपयोगी हुने बताए । ‘सूचना प्रविधिले नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ’, उनले भने, ‘आइसिटी क्षेत्रलाई विकास गर्न सरकार अग्रसर छ । यसका लागि सबैसँग सहकार्य गर्न तयार छौं’, उनले भने ।

प्रधानमन्त्रीका आईटी विज्ञ प्रकाश रायमाझीले २ दिने कार्यक्रममा डिजिटल सक्षमताको विषयमा विविध छलफल भएको र डिजिटल सक्षमताका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए । हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत जिम वाङले डिजिटल नेपाल र दिगो विकासका लक्ष्य प्राप्ति गर्नमा हुवावेले सहयोग गर्ने बताए । यस्तै कार्यक्रमलाई समापन गर्दै पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले डिजिटल सक्षमता भएमात्रै डिजिटल नेपाल सम्भव हुने बताए ।

कार्यक्रममा वल्र्डलिंकका अध्यक्ष दिलिप अग्रवाल, दक्षिण कोरियाको सियोल डिजिटल फाउन्डेसनको सल्लाहकार समितिका अध्यक्ष डा. चाङ हाक चोइ, हुवावे एशिया प्यासिफिक क्षेत्रका वरिष्ठ उद्योग समाधान विज्ञ ली युन सेङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, भारतको द डिजिटल फिफ्तका संस्थापक समिर सिङ जैनी, फ्युजमसिनका संस्थापक समिर मास्के, जापानको टोकियो विश्वविद्यालयका प्रध्यापक हिल एच कोबायासीले किनोट प्रस्तुती दिएका थिए ।
२ दिनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय, डिजिटल गभर्नेन्स, डिजिटल इन्नोभेसन र उद्यमशीलता, डिजिटल क्यापाबिलिटी, डिजिटल अर्थतन्त्र, फिनटेक, डेटा गभर्नेन्स, डिजिटल सेक्युरिटी, डिजिटल लिडरसीप र डिजिटल सक्षमताको विषयमा वृहत छलफल भएको थियो । कन्क्लेभको पहिलो दिन डिजिटल क्षमताका लागि सहयोगी पूर्वाधार, आधारभूत एंकरको रूपमा डिजिटल पहिचान र डिजिटल शासनमा पालिका र प्रदेशः प्रयास र अभ्यास विषयमा प्यानल छलफल भएको थियो ।
त्यस्तै, दोस्रो दिन डिजिटल नविनता र उद्यमशीलता क्षमता, आधारभूत टेक स्ट्याक र डिजिटल क्षमता निर्माण, डिजिटल अर्थतन्त्र र वित्तीय प्रविधि क्षमता, डिजिटल क्षमताका लागि डेटा सुशासन र डिजिटल सुरक्षा, तथा डिजिटल सक्षम नेपाल विषयमा वृहत प्यानल छलफल भएको थियो । यसका साथै प्यानल छलफल शुरु हुनुभन्दा अगाडि विषय विज्ञले समेत आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । २ दिने कन्क्लेभमा ७० बढी स्रोत व्यक्तिहरूको सहभागीता रहेको थियो । कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा जोड दिने विश्वास गरिएको छ ।

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको यस वर्षको हुवावे डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो । कन्क्लेभको प्रि–इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेपछि काठमाडौंमा ग्राण्ड कार्यक्रमको रूपमा कन्क्लेभ आयोजना भएको हो । कन्क्लेभमा सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारीसहितको डिजिटल प्रदेश परिदृश्य पुस्तकको दोस्रो संस्करण समेत सार्वजनिक गरिएको थियो ।

कन्क्लेभसँगै शीर्ष प्रायोजक हुवावेले छुट्टै हलमा मिनि मोबाइल वल्र्ड कंग्रेशको रुपमा मोबाइल नेपाल कंग्रेशको आयोजना गरेको थियो । मोबाइल नेपाल कंग्रेशमा सहभागीले फाइभजी, एआई, ग्रीन डेटा सेन्टरसँगै नयाँ प्रविधिहरुको जानकारी दिइएको थियो । हुवावेको सहकार्यमा भइरहेको डिजिटल नेपाल कन्क्लेभ २०२३ मा पावर्ड वाईमा यार्सा टेक, कनेक्टेड बाईमा नेपाल टेलिकम, डिजिटल पेमेन्ट पार्टनरमा आईएमई पे, टिकेटिङ पार्टनर सस्तो टिकट, आईटी ट्रेनिङ पार्टनर ब्रोडवे इन्फोसिस, सेक्युरिटी पार्टनर चेक पोइन्ट लगायतको सहकार्य रहेको छ । यस बाहेक कन्क्लेभलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल राष्ट्र बैंक लगायतको सहयोग रहेको थियो ।

वि.सं.२०८० असार ११ सोमवार ०८:३१ मा प्रकाशित

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...