back
CTIZAN AD

नेता टोमलाल पाण्डेको ७० औं जन्मदिनको अवसर पारेर स्मृती कार्यक्रम

वि.सं.२०८० असार १२ मंगलवार

1K 

shares

काठमाडौं । नेकपा एमाले गुल्मीका तत्कालीन अध्यक्ष टोमलाल पाण्डेको ७० औं जन्मदिन पारेर आयोजना गरिएको स्मृती कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले टोमलाल पाण्डेका विविध राजनीतिक र सामाजिक सेवाका पक्षमा प्रकास पारेका थिए ।

उपमहासचिव ज्ञवालीले लामो समय गुल्मी जिल्लाको राजनीतिक र सामाजिक सेवामा आवद्ध पाण्डे नयाँ पुस्ताकालागी अनुकरणिय व्यक्तित्व बन्न सफल भएको समेत बताए । राजनीति ‘म’ केन्द्रित बनिरहेका बेला टोमलाल जस्ता त्यागी नेता सधै र सबैका उत्प्रेरणाका श्रोत बनिरहनेमा उपमहासचिव ज्ञवालिले जोड दिएका थिए ।

पाण्डेलाइ सम्झदै नेकपा एमालेका सचिव तथा गुल्मी जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर दुइ प्रतिनिधि सभा सदस्य गोकर्ण बिष्टले लामो समयदेखी आफू उनकै सानिध्यमा रहेर काम गरेको स्मरण गरेका थिए । पार्टीको काममा लमजुङमा रहेका सचिव बिष्टले अनलाइनमार्फत सम्बोधन गर्दै सानैदेखि आफू टोमलालको सरल र सहयोगी सोचबाट आफु प्रभावित भएको आफुलाइ बिद्यार्थी कालमा गरेको सहयोगको स्मरण गरे ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराइले धेरै मान्छेमा पद र सक्तिले अरुमाथी राज गर्ने प्रवृत्ति रहेको बताउँदै टोमलाल त्याग र समर्पणले आममानिसको दिलमा बसेको सच्चा इमान्दार नेता भएको बताए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै पाण्डेका पुराना मित्र तथा वरिष्ठ बामपन्थी नेता लोककृस्ण भट्टराईले पुस्पलाल माओजस्ता र टोमलाल चाउएनलाइ जस्ता नेता भएको बताए ।

०२७ सालमा पुष्पलालको हातबाट कम्युनिस्ट पार्टिको सदस्यता लिएर राजनीतिमा होमिएका पाण्डेलाइ नेपाली काङ्ग्रेसका नेता त्रैलोक्य प्रताप शेनले आदर्श बामपन्थी नेताको रुपमा सस्मरण गरेका थिए ।

पाण्डे गुल्मी जिल्ला बार एसोसिएसनको अध्यक्ष समेत रहेका थिए । पाण्डेका पुराना मित्र तथा वरिष्ठ अधिवक्ता रबिनारायण खनालले पाण्डे राजनीती, न्यायनीति र समाजसेवाको अथक योद्धा रहेको बताए ।

माओबादी केन्द्रका केन्द्रीय सदस्य निलकण्ठ तिवारीले राष्ट्रियता अफ्ट्यारो परेको अहिलेको अवस्थामा टोमलाल पाण्डेजस्ता राष्ट्रबादी नेताको अभाव खड्किएको बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिनेश पन्थी, एमाले केन्द्रिय सदस्य गणेश खनाल, केन्द्रीय लेखा आयोग सदस्य भिम पौडेलले पनि पाण्ड्को जीवनका बिबिध आयाम बारे प्रकाश पारेका थिए ।

नेपाली काङ्ग्रेसका नेता छन्द पहराइ, गुल्मीका पुर्व सांसद टङ्क पोखरेल, नेकपा मालेका नेता ओम अर्याल र बाम बुद्धिजीवी खिमानन्द पन्थीले पनि कार्यक्रममा टोमलाल पाण्डेको बारेमा बोलेका थिए ।

पाण्डे बीस २०३१ देखि २०३५ सम्म अबिभाजित अनेरास्ववियुको केन्द्रिय नेता थिए । यस्तै एमालेका हालका अध्यक्ष केपि ओलि सस्थापक अध्यक्ष रहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको सस्थापक सचिव थिए ।

कार्यक्रमलाइ एमाले नेता सुशील भट्टराई र गणेश श्रीपालिले पनि सम्बोधन गरेका थिर्ए ।

नेकपा एमाले धुर्कोट काठमाडौ पालिका सम्पर्क मन्चको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता मंचका अध्यक्ष बिमल घिमिरेले गरेका थिए भने संचालन मंचका सचिव रमेश काउछाले गरेका थिए ।

वि.सं.२०८० असार १२ मंगलवार १४:०७ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...