back
CTIZAN AD

उपपप्रधानमन्त्री श्रेष्ठ पाँचदिने भ्रमणका लागि चीन प्रस्थान

वि.सं.२०८० असार १३ बुधवार

828 

shares

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँचदिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबार राति ११ः२० बजे पाँचदिने भ्रमणको लागि चीनको सिचुवानतर्फ प्रस्थान गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले बुधबार छेन्दुमा आयोजित ’पश्चिमी चीनिया अन्तराष्ट्रिय मेला’को उद्घाटन समारोहमा विशेष अतिथिको रुपमा सरिक भएर सम्बोधन गर्ने विशेष कार्यक्रम रहेको छ।

भ्रमणको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा भेटघाट तथा अवलोकन सहित त्यहकका अध्ययनरत करिब ३०० अन्तराष्ट्रिय विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी उनले भुकम्पपछिको पुनर्निर्माण भएको यिङसिउ भूकम्प स्थल र जिपिङपु स्थित ’हाइड्रो जक्सन’को तथा दुजियाङ्गानस्थित सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थान परियोजनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल रहेका छन् ।

 

वि.सं.२०८० असार १३ बुधवार ०७:४७ मा प्रकाशित

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...