back
CTIZAN AD

बजेट बहुमतले पारित : पक्षमा १४७, विपक्षमा १०८ मत

वि.सं.२०८० असार १३ बुधवार

804 

shares

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ लागि प्रस्ताव गरिएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा भएको मतविभाजनमा क्रममा बजेटको पक्षमा बहुमत सांसदले मत दिएका हुन् ।

बजेट पारित गरियोस् भन्ने पक्षमा १४७ र विपक्षमा १०८ सांसदले मत दिएका छन् । बुधबारको बैठकमा २५५ जना सांसद उपस्थित थिए । सभामुख देवराज घिमिरेले सरकारले प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको घोषणा गरेका छन् ।

यसअघि सभामुखले बजेट ध्वनी मतबाटै पारित भएको घोषणा गरेका थिए । तर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को बजेट पारित गर्न मत विभाजनको प्रक्रिया माग गरेपछि सभामुखले मत विभाजनको प्रक्रियालाई अगाडि बढाएका थिए ।

संसदका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बजेटको पक्षमा मतदान गरेका थिए ।

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेमकिपाले बजेटको विपक्षमा मतदान गरेका छन् ।

वि.सं.२०८० असार १३ बुधवार १६:४७ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...