back
CTIZAN AD

सेयर बजारको उकालो ट्रेण्ड, कृत्रिम कि प्राकृतिक ?

वि.सं.२०८० असार १५ शुक्रवार

840 

shares

काठमाडौं । पछिल्लो समय नेप्से निरन्तर उकालोतिर बढिरहेको छ । नेप्से परिसूचक मात्र होइन कारोबार रकम पनि अनपेक्षितरूपमा बढेको देखिएको छ ।

पछिल्लो एक वर्षमा गत मंसिरमा सम्पन्न निर्वाचनपश्चात पुसमा भएको सत्ता परिवर्तनसँगै गत पुस २६ गते सबैभन्दा बढी करिब सात अर्ब ४० करोड रूपैयाँ बराबरको एक करोड ७९ लाख ९० हजार कित्ता सेयर किनबेच भयो । त्यसदिन समग्र सेयर बजार परिसूचक २१९०.४२ अंकमा रोकिएको थियो । त्यस यता निरन्तर उतारचढाबका बिच गत आइतबार नेप्सेले कारोबारका आधारमा दोस्रो रेकर्ड राख्यो ।

कति स्वभाविक ?

नेप्सेको पछिल्लो ट्रेण्ड कृत्रिम हो कि प्राकृतिक ? भन्ने विषयमा विगत एक वर्षको कारोबारको अवस्थाको लेखाजोखा गर्नुपर्ने हुन्छ । गत वर्षको जेठ २३ गते सेयर बजार १९२१.३१ बिन्दुमा रोकिएको थियो । सो दिन सेयर बजार अधिकतम १९३६.०२ तथा न्यूनतम १९०८.७४ बिन्दुसम्म उतारचढाब भएको देखिन्छि । त्यस यता क्रमशः उकालो लागेको सेयर बजार असार १९ गते २०८६.४२ अंकमा पुगेर रोकिएको थियो ।

त्यस यता लामो समयसम्म करिब १०० अंकको उतार चढाब झेलेको नेप्से असोज ९ गते यो वर्षकै सबैभन्दा कम १८१८.१३ अंकमा करोबार भएर बन्द भएको देखिन्छ । असार महिनाको १०, ११, १२ र १३ गतेका दिनहरुमा पाँच अर्बभन्दा बढीको करोबार भएको देखिन्छ ।

त्यस्तै मूल्यका आधारमा सबैभन्दा कम गत बर्षको असोज १२ गते ४१ करोड ८३ लाख ८४ हजार नौ सय ४३ रूपैयाँको मात्र कारोबार भएको देखिन्छ । त्यस दिन समग्र नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ बिन्दुमा रोकिएको थियो ।

त्यस्तै पुस २६ गते नेप्सेमा अत्याधिक कारोबार भएको थियो । त्यसदिन सात अर्ब ४० करोड ३२ लाख १४ हजार सात सय नब्बे रूपैंयाँ बराबरको १ करोड ७९ लाख ९० हजार २४२ कित्ता सेयर किनबेच भएको थियो । त्यस्तै सेयर बजारमा आर्थिक बर्षको अन्त्यसँगै असारको दोस्रोसाता उल्लासमय देखिन्छ ।

अर्थतन्त्र नतङ्र्गिदै सेयर बजारमा उत्साह

यो बिचमा अर्थतन्त्रमा कुनै त्यस्तो चमत्कार पनि देखिएको छैन । तर पनि सेयर बजार परिसूचक नेप्से निरन्तर उकालो लागि रहेको छ । अर्थतन्त्रका जानकारहरुका अनुसार सेयर बजार भनेको अर्थतन्त्रको मेरुदण्ड हो । सेयर बजार उकालो लाग्नु भनेको अर्थतन्त्रका समग्र पक्षहरु सकारात्मक हुनु हो ।

तर, जसरी सेयरबजार उकालो लागिरहेको छ वास्तबमै अर्थतन्त्रले भने गति भने समातेको छैन । कतिपय सेयर विश्लेषकहरुको विचारमा अहिलेको सेयर बजारको बुलिस ट्रेण्ड कृत्रिम हो । धेरै लगानीकर्ताहरुले हल्लाका भरमा सेयर कारोबारमा हात हालेका छन् । यसले धेरै लगानीकर्ता जोखिममा छन् ।

त्यस्तै, कतिपय सेयर विश्लेषकहरु अहिलेको बुलिस ट्रेण्डलाई स्वभाविक पनि मान्छन् । लामो समयसम्म ओरालो लागेर स्थिर रहेको बजार अब उकालो लाग्ने बेला भएको भन्दै नयाँ लगानीकर्ताहरुलाई हौस्याइ रहेका छन् । अहिले नै नाफा बुक गर्ने समय हो भन्दै उनीहरु लगानीकर्ताहरुलाई मनोबल दह्रो बनाएर नगानी गर्न उत्साह भरिरहेका छन् ।

मौद्रिक नीतिपूर्वको उत्साह

सेयर बजारको बुलिस ट्रेण्ड हेर्दा केही समयपछि राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिसम्मै जाने देखिन्छ । संघीय सरकारले ल्याएको बजेटको निर्देशनअनुरूप नै राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने आशमा लगानीकर्ता हौसिएको प्रस्टै छ ।

कांगे्रस नेता समेत रहेका प्रचण्ड नेतृत्वको सरकारका अर्थमन्त्री प्रकाश सरण महतले लगानीकर्ता मैत्री बजेट बनाएको र सोहीअनुसार मौद्रिक नीति आउने भन्दै सेयरको दोस्रो बजारमा लगानीकर्ताहरु उत्साहित भएको देखिन्छ ।

याे पनि हेर्नुहाेस 

सुन्निएको सेयर बजार घट्दा किन हंगामा ?

वि.सं.२०८० असार १५ शुक्रवार १४:५२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...