back
CTIZAN AD

पुष्पलाल अध्ययन समाजद्वारा पुष्पलाल जन्म शताब्दी समारोह समिति घोषणा

वि.सं.२०८० असार १६ शनिवार

990 

shares

काठमाडौ । पुष्पलाल अध्ययन समाजले पुष्पलाल जन्म शताब्दी समारोह समिति घोषणा गरेको छ ।

शुक्रबार रिर्पोटर्स क्लवमा समाजद्वारा आयोजित एक कार्यक्रमकाबीच नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म शताब्दीको अवसरमा पुष्पलाल जन्म शताब्दी समारोह समिति घोषणा गरिएको हो ।

समाजद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा पुष्पलालको जन्म शताब्दीको अवसरमा स्मृति ग्रन्थ प्रकाशन, वैचारिक योगदानहरुमा विचार गोष्ठी, पुष्पलालको जीवनसँग प्रत्यक्ष रुपले गासिँएर काम गरेका नेता÷कार्यकर्ताको भव्य उपस्थितमा पुष्पलाल जन्म शताब्दी समारोह र मूल समारोह समितिले आगामी ०८१ साल असार १५ गते भव्य रुपमा मनाउने योजना रहेको पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले बताए ।

अध्यक्ष भट्टराई अहिले देशमा रहेको गणतन्त्र जनताको हुन नसकेको टिप्पणी गर्दै पुष्पलालको योगदानका कारण देशमा झण्डै ७० प्रतिशत मत कम्युनिष्टहरुको पक्षमा रहेको दाबी गरे । उनले कम्युनिष्टहरुले पुष्पलालको पथ पछ्याउन नसक्दा आम जनतामा चरम निराशा आएको बताउदै नेपालमा अहिले रहेका साना ठूला २१ वटा कम्युनिष्ट पार्टीका नेताहरुलाई सल्लाहकार राखेर पुष्पलाल जन्म शताब्दी मनाउने तयारी गरेको उनले बताए ।

कार्यक्रममा समाजका सचिव नीलकण्ठ तिवारीले पुष्पलालको जन्म सताब्दीमा उनको बारे जनतालाई जानकारी गराउनका लागि आफूहरु लागिपरेको बताए । अहिले वाम जनमत निराशामा रहेको र वाम आन्दोलनलाई एकीकृत गर्नसमेत उनले सबैसमक्ष आग्रह गरे ।

नेकपा मालेका महासचिव सीपी मैनालीले पुष्पलालको स्मृतिमा बन्न लागेको भौतिक संरचना पूरा गर्नका लागि सबै समक्ष आग्रह गरे । कम्युनिष्ट आन्दोलन ७५ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उनले यसबीचमा आन्दोलनले धेरै आरोह अवरोह व्यहोरेको बताउदै देशको वस्तुस्थिति र परिवेशको सन्दर्भमा विगतका नीतिहरुको समीक्षा हुन आवश्यक रहेको बताए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी मसालका नेता रामप्रकाश पुरीले अहिले कम्युनिष्टहरुको आदर्श र आस्था गम्भीर संकटमा रहेको बताए । आफूहरुलाई मूल समारोहमा राखिएकोप्रति प्रतिवद्धता जाहेर गर्दै पुष्पलालका सपनाहरु कहिले नमर्ने उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता शरद रसाईलीले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको अतुलनीय व्यक्तित्व भएको बताए । पुष्पलालको आदर्शलाई थप स्थापित गराउनका लागि सबै कम्युनिष्टहरु एक हुन आवश्यक रहेको बताउँदै उनले पटक–पटक कम्युनिष्ट पार्टीहरु सत्तामा गएपनि पुष्पलालको सिद्धान्त र निष्ठालाई स्थापित गराउन नचाहेको भन्दै दुखेसो पोखे ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले विचारको विकास नगरी कम्युनिष्ट आन्दोलन विकास गराउन खोज्नु असम्भव रहेको बताए । माओकै पालामा पनि कम्युनिष्ट विचार अवरुद्ध भएको भन्दै उनले वैचारिक योगदान पुर्याउन नसक्नेले विकल्प दिनपर्नेमा जोड दिए । माओवादी जनयुद्धले विश्वको कम्युनिष्ट आन्दोलनलाई संश्लेषण गरेको उनको दाबी छ । पार्टीभित्र अहिले वैचारिक विकास नै मुख्य समस्याको रुपमा रहेको उनको भनाई थियो । उनले पुष्पलालकै वैचारिक धारमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएको उनको दाबी समेत गरे ।

पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीले अग्रणी भूमिका निर्वाह गरेको बताउँदै गजुरेलले गणतन्त्रसम्मको परिवर्तन पुष्पलालकै लाईनले आएको उनको दाबी गरे । गजुरेलले अब पुष्पलालको लाईनले समाजवादको लक्ष्य, साम्यवादको लक्ष्यमा पुर्याउँछ कि पुर्याउँदैन भन्ने प्रश्न चिन्ह खडा भएको बताए । अहिलेको यही तौरतरिका, विचार, नीति, आचरण र क्रियाकलापले अबको कम्युनिष्ट आन्दोलन समाजवाद र साम्यवादसम्म पुग्नेमा आशंका जन्मिएको उनको भनाई थियो ।

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालका कम्युनिष्टभित्र एकपक्षीय दृष्टिकोण रहेको बताए । उनले यसलाई गैरमाक्र्सवादी दृष्टिकोणको संज्ञा दिए । उनले पुष्पलालको दृष्टिकोणले ६५ प्रतिशत जनमत कम्युनिष्टहरुको पक्षमा रहेको बताए । गणतन्त्र आउनु, राजा हट्नु, संविधान बन्नु पुष्पलालकै योगदानको उपलब्धी भएको बताए ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पुष्पलालका नेता मानध्वज, नेकपा (एकीकृत समाजवादी) आलोक रायमाझी, पुष्पलाल अध्ययन समाजका सल्लाहकार समितिका अध्यक्ष दीनानाथ शर्मा लगायतले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र आगामी बाटो लगायतका बारेमा विचार व्यक्त गरेका थिए ।

वि.सं.२०८० असार १६ शनिवार २०:३९ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...