back
CTIZAN AD

मनसुनजन्य विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा छ –उपप्रधानमन्त्री श्रेष्ठ

वि.सं.२०८० असार २० बुधवार

741 

shares

काठमाडौँ । सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक तयारी गरेको जनाएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्को सम्भावित जोखिम व्यवस्थापनका लागि सरकारले सबैखाले तयारी गरिरहेको र आवश्यक संयन्त्र पनि तम्तयार अवस्थामा रहेको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवन परिसरमा रहेको मानवीय सहायतास्थलको निरीक्षण गर्दै उनले विपद् व्यवस्थापनका लागि विगतका वर्षभन्दा यो पटक राम्रो तयारी गरिएको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका निम्ति पहिलाका अनुभवबाट शिक्षा लिँदै हाम्रो देश विपद् जोखिमग्रस्त मुलुक हो भन्ने कुरालाई हृदयङ्गम गर्दै आवश्यक तयारीका काम गरिरहेका छौँ, त्यसमध्ये यो पनि एउटा हो ।”

उनले विपद् जोखिम न्यूनीकरणका लागि सम्भावित बाढी पहिरोबाट सकेसम्म नबिग्रिने गरी भौतिक संरचना बनाउनुपर्ने र विपद् भइहालेको खण्डमा त्यसलाई व्यवस्थापन सहज हुने गरी संरचना निर्माण गरिनुपर्नेमा जोड दिए ।

“विपद्को जोखिमलाई न्यूनीकरण बनाउने हाम्रो निरन्तर प्रयास छ । नेपालको भौगोलिक स्वरूप, जलवायु परिवर्तनको जोखिमलगायतबाट हुनसक्ने विपद्को जोखिम न्यूनीकरण र विपद् भइहालेमा छिटो व्यवस्थापनका लागि हामीले पहिलाभन्दा यसलाई धेरै प्रभावकारी बनाएका छौँ”, उनले भने ।
उपप्रधानमन्त्री श्रेष्ठले सरकारले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत विभिन्न योजना बनाएर त्यसको तयारीका काम गरिरहेको जानकारी दिए । उनका अनुसार देशका ११ वटा स्थलमा मानवीय सहायतास्थल बनाएर तयारीका काम गरिएको छ ।

जुन–जुन समयमा विपद् आइपर्छ त्यसका निम्ति तत्कालै राहत सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ । त्यसका लागि सुगम स्थानमा मानवीय सहायतास्थल स्थापना गरेर काम भइरहेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्व खाद्य कार्यक्रमले विशेष सहयोग गरिरहेको मन्त्रालयले जनाएको छ ।

अहिले विपद् प्राधिकरणअन्तर्गतको तयारी धेरै अगाडि बढिसेकको र दुई दिनपछि प्रधानमन्त्रीको अध्यक्षता परिषद्को बैठक आयोजना गरिएको पनि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।

उपप्रधानमन्त्री श्रेष्ठ गृहसचिव दिनेश भट्टराईसहित मानवीय सहायतास्थलको निरीक्षणमा गएका हुन् । सहायतास्थल र त्यहाँ स्टोर गरिएका राहत तथा उद्धारका सामग्रीको मन्त्री श्रेष्ठले निरीक्षण गरेका थिए ।

गृहमन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका प्रमुख उपसचिव रमा आचार्यका अनुसार काठमाडौँसहित देशका ११ स्थलमा मानवीय सहायतास्थल रहेका छन् । विपद्को समयमा मानवीय सहायतास्थलबाट तत्काल सम्बन्धित ठाउँमा राहत सामग्री पु¥याउने गरिएको छ । मनसुनजन्य विपद् आएको खण्डमा तत्काल त्रिपाल, खाद्य तथा उद्धारका सामग्री उपलब्ध गराउने गरेको छ । फायर फाइटिङका सामग्री पनि स्टोर गरिएको छ ।

विपद्पश्चातको तत्काल गरिने खोज उद्धार तथा राहत व्यवस्थापनसहितको प्रतिकार्यको नेतृत्व गरी यसको संयोजन र सबै निकाय एवं तहको समन्वयात्मक परिचालन गृह मन्त्रालयले गरिरहेको छ । मानवीय सहायतास्थल गृह मन्त्रालयको आपत्कालीन बन्दोबस्ती सामग्रीका भण्डारणस्थलको रूपमा रहेको छ । हाल गृह मन्त्रालयले नेतृत्व लिई विश्व खाद्य कार्यक्रम नेपालले यसको सञ्चालनमा सहयोग गर्दै आइरहेको छ ।

उक्त मानवीय सहायतास्थलबाट गोरखा महाभूकम्प, कोभिड–१९ महामारीलगायत नियमितरूपमा आइपर्ने विभिन्न बाढी पहिरोलगायतका घटनामा मानवीय सहायता सामग्री प्रभावित स्थानमा परिचालन गर्दै आइरहेको छ । हाल ११ वटा मानवीय सहायतास्थल (काठमाडौँ, विराटनगर, वीरगञ्ज, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी र जुम्ला) सञ्चालनमा रहेका छन् ।

काठमाडौँ, विराटनगर, वीरगञ्ज, भैरहवा, सुर्खेत, नेपालजञ्ज, धनगढी र जुम्लाका विमानस्थल नजिकै राखिएको छ । अन्य तीन वटा मानवीय सहायतास्थल परिचालनको दृष्टिले विभिन्न जिल्लालाई पायक पर्ने र परिचालनमा सहज हुने गरी स्थानमा राखिएको मन्त्रालयले जनाएको छ ।

वि.सं.२०८० असार २० बुधवार २१:१५ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...