काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामाको विकल्प नभएको बताएका छन् । बुधबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले प्रचण्डको अभिव्यक्ति निकै आपत्तिजनक रहेको बताउ ।
“उहाँ (प्रधानमन्त्री प्रचण्ड)को भनाई राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो”, ओलीले भनेका छन्, “हामीलाई जवाफ होइन, राजीनामा चाहियो। उहाँबाट साह्रै भएन ।”
एमालेले बुधबार प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरेको थियो । एमालेको अवरोधकै कारण बुधबारको संसद बैठक स्थगित हुन पुग्यो ।
प्रधानमन्त्री प्रचण्डले सोमबार एक सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह (भारतीय मूलका व्यापारी) पटक–पटक दिल्ली गएको बताएका थिए ।
सम्बन्धित समाचार
वि.सं.२०८० असार २० बुधवार १८:०९ मा प्रकाशित






























