back
CTIZAN AD

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

वि.सं.२०८० असार २० बुधवार

1K 

shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । बुधबार बसेको संसद बैठकमा एमालेले प्रितम सिंहबारे प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै एमालेले राजीनामा दिनुपर्ने माग गर्‍यो ।

संसद बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले भने, “प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्न हुँदैन, उहाँले राजीनामा गर्नुपर्छ ।”

उनले प्रधानमन्त्री प्रचण्डलाई ‘लेण्डुप दोर्जेको नेपाली संस्करण’ हुन खोजेको आरोप लगाए । “नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो, राष्ट्रियताको पक्षमा अडान लिनसक्ने प्रधानमन्त्री चाहिएको हो, लेण्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन”, उनले भने ।

एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान लिएको छ । एमालेको अडानपछि संसद बैठक स्थगित भएको छ ।

वि.सं.२०८० असार २० बुधवार १६:३४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...