काठमाडौं । बुधवारराति मध्यरातमा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफु आहात भएको कुरा सार्वजनिक गरेका छन् ।
सामाजिक संजालमार्फत मध्यरातमा सार्वजनिक उनको अभिब्यक्तिमा पीडितहरुको न्याय र बिजयका लागी आफनो प्रतिबद्धता पनि ब्यक्त गरिएको छ ।
उनले मिटरब्याज सम्बन्धी बिधेयक पारित हुन नदिन संसदमा भएको षडयन्त्रलाई ईंगित गर्दै को पीडित जनताको पक्षमा रहेको र को बिपक्षमा रहेको भन्ने स्पष्ट भएको समेत खुलासा गरेका छन् ।
उनले भनेका छन् ‘आज म धेरै आहात भएको छु , आज प्रतिनिधिसभाबाट मिटर ब्याज सम्बन्धी बिधेयक पारित हुनुपर्दथ्यो, तर गरिएन । आजै देखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ । यसबाट को पीडित जनताको पक्षमा छ ? र को बिपक्षमा छ ? भन्ने स्पष्ट भएको छ । तर सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ । पीडितलाई न्याय दिने यो अभियान लाई असफल पारियो भनेर पीडक वा तिनका पक्षधरहरुले सोचेका छन् भने त्यो ठुलो भ्रम हो । पीडितलाई न्याय नदिइ बिश्राम लिईने छैन । आयोगले काम जारी राख्नेछ । प्रजिअ कार्यालयमा सहजिकरण समितिको काम निरन्तर अघि बढ्नेछ । बिधेयक संसदको प्रकृयामा छ, अघि बढाईनेछ र कानुन बनाइ छाडिनेछ । तसर्थ पीडितहरुलाई निरास नहुन र सकृयताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपील गर्दछु । न्याय र बिजय सुनिश्चित छ । ’
कुनै वहाना बनाएर यति गंभिर बिषय र संवेदनशिलतालाई प्रमुख प्रतिपक्ष्ीा दलले गरेको पछिल्लो अभ्यासप्रति उनले चुनौतीका साथ आफनो असन्तुष्टि सार्वजनिक गरेको देखिन्छ । संसदमा मिटरब्याजीहरुको प्रभावमा परेका सांसदहरु खुसी पार्नेगरी र पीडितलाई निराश बनाउने गरी भएका गतिविधिले उपप्रधानमन्त्रीमा आक्रोश आएको देखिन्छ ।
दैनिक सुराकी खर्च बांडेर करोडौ कुम्ल्याउने खेती बन्द गराएर गृह प्रशासन चलाएका उनले राष्ट्रिय परिचयपत्रको सु्रक्षा संवेदनशीलता बुझेर ठेक्का रद्ध गर्ने काम समेत गरेका थिए । नक्कली भुटानी शरणार्थी काण्डमा लुट मच्याउनेहरुको दोहोलो काढिरहेका उनले पछिल्लो दिनमा भ्रष्टाचार बिरुद्ध र शुसासनको पक्षमा सक्रिय छन् ।
वि.सं.२०८० असार २१ बिहीवार ०७:०२ मा प्रकाशित





























