back
CTIZAN AD

आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिए अभिनेता सारुक

वि.सं.२०८० असार २२ शुक्रवार

894 

shares

काठमाडौं । अभिनेता सारुक ताम्राकार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

३२ वर्षीय अभिनेता ताम्राकार बिहीबार साँझ रातोपुलस्थित आफ्नै घरमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार ३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति झुण्डिएको मृत भेटिएका हुन् ।

बुवाआमा घरबाहिर रहेका बेला ताम्राकार घरको छिडीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

झुण्डिएको अवस्थामा मृत भेटिएका ताम्राकारको घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हाल उनको शब पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

कलाकार सानु ताम्राकारका छोरा समेत रहेका सारुकले ‘इन्टु मिन्टु लन्डनमा’, ‘मेरी मामु’, ‘रानी’, ‘नमरी बाचे’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । उनी पछिल्लो समय ‘ह्यास ट्याग नामक फिल्ममा अभिनय गरिरहेका थिए । बिहीबार बिहान पनि उनी फिल्मको सुटिङ गरेर फर्किएको बताइएको छ ।

वि.सं.२०८० असार २२ शुक्रवार ०७:५८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...