back
CTIZAN AD

तमु समाज बेल्जियमको अध्यक्षमा होम गुरुङ निर्बाचित

वि.सं.२०८० असार २४ आइतवार

870 

shares

काठमाडौं । तमु समाज बेल्जियमको अध्यक्षमा होम गुरुङ निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न संस्थाको १२ औ अधिबेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।

जसको उपाध्यक्षहरुमा राम घले, अनिता घले, सुर्य बहादुर गुरुङ र बबिता तमुस्यो, महासचिवमा चित्रजङ्ग गुरुङ, सचिबमा उमा तमुस्यो, कोषाध्यक्षमा इश्वरी तमुस्यो र सदस्यहरुमा बिना तमुस्यो, माया तमुस्यो, लेखराज गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभन्डारी र समाजका अबिभावक जोगमान गुरुङले उद्घाटन गरेको उक्त १२ औ अधिबेशनमा एनआरएनए महासचिब जानकी गुरुङ, सचिब गंगाधर गौतम, एनआरएनए बेल्जियमका अध्यक्ष खड्का बहादुर केसी, संस्थाका जेष्ठ सदस्य जोगमान गुरुङ, संस्थापन अध्यक्ष मिन गुरुङ, जनजाती महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगर लगायतले शुभकामना दिएका थिए ।

तमु समाज बेल्जियमका अध्यक्ष ओमराज गुरुङको अध्यक्षता र महासचिब सुर्य बहादुर गुरुङको संचालन रहेको उक्त कार्यक्रममा राजदूत राजभन्डारीलाई मायाको चिनो र अतिथिहरुलाई गुरुङ संस्कृति अनुसार सम्मान गरिएको थियो ।

त्यसैगरी बन्दशत्रमा संस्थाको आर्थिक प्रतिबेदन पारित तथा संस्थाका गत कार्यकालमा भएका गतिबिधी आगामी कार्ययोजना बारे छलफल गरिएको थियो ।

वि.सं.२०८० असार २४ आइतवार १८:२४ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...