back
CTIZAN AD

एमाले सचिव भट्टराईको टिप्पणी–छोरीको पीडा देखाएर राष्ट्र र जनतालाई घात गर्ने छुट छैन

वि.सं.२०८० असार २५ सोमवार

798 

shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पारिवारीक पीडा देखाएर जनता र राष्ट्रलाई घात गर्ने छुट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नभएको टिप्पणी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक सरदार प्रितम सिंहको पुस्तक विमोचनका क्रममा आफुले बोलेको कुरा प्रधानमन्त्रीको हैसियतमा नभई छोरीको बुवा बनेर भावुकतामा आएर बोलेको भन्दै स्पष्टीकरण दिएपछि सचिव भट्टराईको यस्तो टिप्पणी आएको हो ।

‘छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले बेहोरेको पिडा सँवेदनसील छन् । वहाँका ति पीडामा साहस भर्न सिंगो सदन वहाँलाई साथ दिन तयार छ । तर, प्रधानमन्त्रीका रुपमा वहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चैं छैन है । हेक्का रहोस् ।

हामीले वहाँको पारिवारिक पिडामा मजाक गरेका होइनौ । हामी अरु केही जस्तो निर्दयी होइनौ र छैनौं । तर, देशको प्रधानमन्त्रीको अभिब्यक्ति र व्यबहारप्रति भने कठोर प्रश्न छन् ।’ भट्टराईले सामाजिक संजालमा यस्तो लेखेका छन् ।

वि.सं.२०८० असार २५ सोमवार १८:०४ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...