back
CTIZAN AD

मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्दिनँ–प्रचण्ड

वि.सं.२०८० असार २५ सोमवार

816 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरुले भनेर नभई आफ्नो अन्तरआत्माले भनेमा एकमिनेट पनि प्रधानमन्त्री पदमा नबस्ने बताएका छन् ।

भारतीय नागरिक सरदार प्रितम सिंहको पुस्तक विमोचनका बेला प्रधानमन्त्रीले बोलेको कुरालाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले तथा राप्रपा नेपाल लगायतका प्रतपक्षी दलले संसदमै नैतिकताका आधारमा राजीनामा दिनपर्ने माग गरिहेका बेला प्रचण्डले आज संसदमा त्यसको जवाफ दिँदै यस्तो कुरा बताएका हुन् ।

‘प्रतिपक्षीले माग गरिहाल्ने सत्तापक्ष भागिहाल्ने हो भने यो देशको गति के हुन्छ ? यदि अहिले मैले त्यसो गरे भने भोली तपाई प्रधानमन्त्री हुँदा के गर्ने ? ‘तपाईलाई पनि त त्यस्तै हुने होला नि !’ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नैतिकताका आधारमा पदमा बस्न नहुने भन्दै गरेको प्रश्नमा उनले भने ।

‘माननीय राजेन्द्रजी भर्खरै दुई कार्यकाल भयो,पहिलाको कुरा हेर्नुभयो भने दुई/दुईपटक मैले प्रधानमन्त्रीबाट राजीनामा दिँदा तपाईले पढ्नु भा छ, कस्तो परिस्थितिमा राजीनामा दिए, के आधारमा दिए ? त्यसलाई गहिरो गरी छातिमा हात राखेर विचार गर्न अनुरोध गर्छु, नैतिकता कस्ले देखायो यो देशमा, कस्ले देखाएन ? त्यो विवेचना गर्न म अनुरोध गर्दछु ।’

दुवैपटक नैतिकताको धरातलमा टेकेर आफुले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताउँदै अहिले पनि अरुले नभई आफ्नो अन्तरआत्माले भनेमा एकमिनेट पनि नबस्ने उनले बताए ।

उनले यस्ता विषयलाई हल्का फुल्का रुपमा नलिन आग्रह गर्दै लोकतन्त्रमा मतभेद हुनु स्वभाविक रहेको तर राष्ट्र र जनताको स्थिति जटिल परिस्थितिमा रहेको बेला यस्ता कुरामा अल्झिन नहुने बताउँदै उनले भने–यो परिस्थितिमा यस्सो केही लाग्ने वित्तिकै संसद अवरोध गरिहाल्ने परम्परालाई हामीले रोकौं । संवाद, छलफल, बहस र आ–आफ्न कुरा सशक्त तर्कसंगत र तथ्यपूर्ण ढंगले राख्ने परम्परा हामीले सृष्टि गर्न सकिदैन ? संसद अवरोध गरिहाल्नु पर्छ ?’

उनले दलगत परम्पराबाट जनता आजित भइसकेको स्मरण गर्न समेत अनुरोध गरे ।

 

वि.सं.२०८० असार २५ सोमवार १७:४९ मा प्रकाशित

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...