back
CTIZAN AD

घडेरीका रुपमा बिक्री हुन थालेपछि खेतीयोग्य जमिनको आकार घट्दै

वि.सं.२०८० असार २६ मंगलवार

780 

shares

देउखुरी । दाङमा खेतीयोग्य जमिन घट्दै गएको पाइएको छ । खेतीयोग्य जग्गा घडेरीका रुपमा विकास गरी बिक्री हुन थालेपछि कम हुँदै गएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले एक वर्षमा ६० हेक्टर खेतीयोग्य जग्गा खुम्चिएको जानकारी दिए । “धान, गहुँ, मकै फल्ने जग्गा घडेरीमा रुपान्तरण हुन थालेका छन्, कतिपय जग्गामा उद्योग स्थापना हुन थालेका छन्”, उनले भने ।

केन्द्रका अनुसार दाङमा ६९ हजार नौ सय ५० हेक्टर जमिन खेतीयोग्यमध्ये ६५ हजार नौ सय ८० हेक्टर जग्गामा मात्रै खेती हुने गरेको छ । साथै ३९ हजार चार सय हेक्टर जमिनमा मात्र धान खेती हुँदै आएको छ । केन्द्रका अनुसार हाल कूल १९ हजार सात सय ९५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

सरकारले कृषि क्षेत्रमा प्राथमिकता दिएको बताउने गरे पनि जग्गाको खण्डिकरण रोक्न असफल देखिएको छ । सरकारले जग्गाको खण्डीकरण रोक्न भूपयोग नियमावली जारी गरेको छ । यो नियमावलीले जग्गाको खण्डीकरणलाई रोक्न खोजेको भए पनि प्रधावकारी हुनसकेको छैन ।

 

वि.सं.२०८० असार २६ मंगलवार १२:११ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...