back
CTIZAN AD

प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा महिला तर्फ एपिएफ विजयी

वि.सं.२०८० असार २६ मंगलवार

696 

shares

काठमाडौँ । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद रा खे पको कर्भडहलमा आज भएको पहिलो खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।

एपिएफले खेलको पहिलो सेट २५–९, दोस्रो सेट २५–१२ र खेलको तेस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पा¥यो । यस जितसँगै एपिएफ तीन खेलमा आठ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । तीन खेलमा नौ अङ्क जोडेको विभागीय टोली नेपाल पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै दुई खेलमा छ अङ्क जोडेको न्यू डायमन्ड स्पोर्टस क्लब तेस्रो स्थानमा रहेको छ । एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो । एभरेष्टको भने यो लगातार तेस्रो हार हो । प्रतियोगितामा महिलातर्फ छ तथा पुरुषतर्फ सात टोलीको सहभागिता रहेको छ ।

वि.सं.२०८० असार २६ मंगलवार १३:०६ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...