back
CTIZAN AD

युक्रा न्युयोर्क च्याप्टले मनायो भव्यरुपमा साकेला उभौली

वि.सं.२०८० असार २६ मंगलवार

732 

shares

न्युयोर्क । यूनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरले हालै भब्यताका साथ किराँत राईहरुको महानपर्व साकेला उभौली मनाइएको छ ।

हालै आयोजित उक्त कार्यक्रम न्युयोर्क कुइन्स्को एलम्हर्ट्सबाट ¥याली निकालेर न्युयोर्कको प्रमूख शहर मेन्हाटनस्थित टाइम्स् स्क्वाएर्समा साकेला नाचिएको थियो । उक्त स्थान न्युयोर्क शहरको सबैभन्दा धेरै पर्यटक घुम्न आउने क्षेत्र हो । न्युयोर्क घुम्न आउने पर्यटक टाइम्स् स्क्वाएर्समा नजाने बिरलै हुन्छन् । यस क्षेत्रमा कुनै पनि कार्यक्रम गर्नका लागि बिशेष अनुमति लिनुपर्दछ । युक्रा न्युयोर्क च्यप्टरले यस स्थानमा किरातीको साकेला नाचेको ईतिहासमा पहिलोपटक भएको दावी गरेका छन् ।

टाइम्स् स्क्वायर्सको साकेला उभौली सिली कार्यक्रममा सिटिको तर्फबाट अधिवक्ताद्वय जुमाने विलियम्स र काशिफ हुसेनलाई बिशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको थियो भने सिटीको तर्फबाटउत्कृष्ट आठजना कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमाणपत्र काशिफ हुसेनद्वारा बितरण भएको थियो ।

टाइम्स् स्क्वायर्समा साकेला उभौली कार्यक्रम समाप्त भएपछी उक्त ¥याली भब्य साकेला मनाउनका लागि कुइन्स्स्थित कुइन्स् ब्रिज पार्कमा जम्मा भएको थिए ।

उक्त साकेला कार्यक्रममा युक्रा न्युयोर्क च्याप्टरका अध्यक्ष ममता खालिङ राई सभाध्यक्ष र संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग, स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राई प्रमूख अतिथी थिए ।

न्युयोर्कका लागि नेपाल सरकारका कार्यबाहक महावाणिज्यदूत बिष्णु गौतम, युक्रा केन्द्रीय अध्यक्ष जय कुमार थूलुङ राई, जनजाती महासंघ अमेरिकाका केन्द्रीय महासचिब टोमा लामा, एनआरएनए न्युयोर्क च्याप्टरका सभापति आङ छिरिङ् शेर्पा हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामा, कालेजपोइन्ट सिविक तथा ट्याक्स्पेयर अशोशिएसन्का अध्यक्ष, न्युयोर्कका मेयर एरिक एडम्स्का सल्लाहकार तथा हामी नेपाली ग्लोबलका बरिष्ठ केन्द्रीय उपाध्यक्ष नवराज केसी, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष शंकर पन्त,जनसम्पर्क समिती अमेरिकाका महासचिब मुनिन्द्र नेम्बाङ, पूर्व उपराष्ट्रपति नन्दकिश्वर पुनका सल्लाहकार‘.बिशेष अतिथी थिए ।

किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष वाकास राई, नृत्य निर्देशक तथा युक्रा न्युयोर्क च्याप्टर सल्लाहकार गोविन्द राई, मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप राना मगर, शेर्पा किदुकका अध्यक्ष पेम्बा शेर्पा, तमु सोसाइटी अफ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, तामाङ् सोसाइटी अफ अमेरिकाको प्रतिनिधि सेन्तुलामा (रक) किरात याक्थुम् चुम्लुङ दिपक थेबे, मकै हाउस्का संचालक पत्रकार बिकी पुलामी, हेल्लो अमेरिका टिमका पत्रकार सम्राट कार्की र सुमन थाम्सुहाङ, नेवा गूठि अध्यक्ष बिजय महर्जन, मूगुम समाज अमेरिकाको अध्यक्ष वाङेल लामा, महिला महासंघ अमेरिकाका अध्यक्ष इन्दिरा चोङ्बाङ, समाजसेवी तिलबहादुर कार्की, यामलामा, नोक्छो पदम बहादुर राई हामी नेपाली ग्लोबल अमेरिकाका सचिब सुर्य सिम्खडा, एभरेष्ट क्लामर अध्यक्ष पासाङ् शेर्पा, एन आर एन न्युयोर्क च्याप्टरका उपध्यक्ष शोभा कान्त पाण्डे अतिथीका रुपमा थिए ।

युक्राको पाँच च्याप्टरमध्य न्युयोर्क च्याप्टरले सबैभन्दा अन्तमा साकेला उभौली मनाएको हो ।

क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्निया र न्यु ईङ्गल्याण्ड च्याप्टरले बोस्टन मस्साचुसेट्समा जुन ३ मा एकैदिन उभौली मनाएका थिए ।

त्यस्तै डिएमभिपी च्याप्टरले ४ जुन, २०२३ मा म्यारिल्याण्डमा मनाएको थियो भने युक्रा केन्द्रीय ग्राण्ड साकेला यसवर्ष मे ६, २०२३ शनिबारका दिन टेक्सासको युलेस स्थित भिलेजेस अफ वियर क्रिक पार्कमा मनाएको थियो ।

त्यस्तै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग, स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राईले आफ्नो चारबर्ष कार्यकाल पूरा गरी मातृभूमी नेपाल फर्किन लागेको अवसरमा उनलाई बिदाई समेत गरिएको थियो । उनले भावुक हुँदै (युक्रा) न्युयोर्क च्याप्टरलाई हार्दिक धन्यवाद ब्यक्त गरेका थिए । .

 

वि.सं.२०८० असार २६ मंगलवार १५:२३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...