back
CTIZAN AD

ललिता निवास प्रकरणमा नाम जोडिएपछि माधव नेपालले भने– छानबिन गरियोस्, म सघाउँछु

वि.सं.२०८० असार २६ मंगलवार

837 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा छानबिनका लागि आफू खुला रहेको बताएका छन् । उनले सरकारले गर्ने छानबिनमा आफूले सघाउने बताए ।

मंगलबार पाल्पामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “ललिता निवास जग्गामा मेरो नाम पनि जोडेर आएको छ, छानबिन गरी उचित न्याय हुनुपर्छ, तर म आत्तिएको छैन, नाम जोडियो भन्दैमा कोही आत्तिनु पर्दैन,न्यायसंगत ढंगले छानबिन हुन्छ भन्नेमा मलाई विश्वास छ ।”

उनले जग्गा हिनामिना भइरहँदा थुप्रै नेताहरु प्रधानमन्त्री भएको भन्दै आफ्नो नाम जोडिने विषय गम्भीर नहुने बताए । देशैभरी सरकारी तथा सार्वजनिक जग्गाहरु मिचिएको भन्दै अध्यक्ष नेपालले आफू र आफ्नो सबैतिर छानबिनको पक्षमा रहेको स्पष्ट पारे ।

“नेपाल ट्रष्टदेखि सबै सरकारी जग्गाको छानबिन गर्नुपर्छ, त्यसो भयो भने आम मान्छे डराउँछन्, जसले गर्दा अनियमितता, अतिक्रमण रोकिन्छ, र भ्रष्टाचार पनि नियन्त्रण हुन्छ”, उनले भने ।

अध्यक्ष नेपालले वर्तमान सरकार पाँचै वर्षसम्म जाने पनि बताएका छन् । गठबन्धनभित्र सरकारको नेतृत्वको सन्दर्भमा र सरकारका कदममा सहमति रहेको उनले बताए ।

वि.सं.२०८० असार २६ मंगलवार १५:०७ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...