back
CTIZAN AD

लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किन सक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

वि.सं.२०८० असार २९ शुक्रवार

699 

shares

बैंकक । लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल युनिफिलले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ ।

युनिफिल सञ्चार कार्यालयका उपनिर्देशक क्यान्डिस अर्डेलले भने, “पछिल्ला दिनहरूमा सीमामा देखिएको तनावले घटनाहरू चाँडै विकसित हुन सक्ने सङ्केत गरेको छ ।”

संयुक्त राष्ट्रसङ्घका अधिकारीले इजरायल र लेबनानलाई तनाव बढाउने गतिविधिबाट जोगिन आग्रह गरेका छन् ।

लेबनानको दक्षिणी सीमावर्ती शहर यारिनको बाहिरी इलाकामा एक ‘वाच टावर’ स्थापना गरिरहेका हिजबुल्लाहका सदस्यमाथि इजरायली ड्रोनले बुधबार आक्रमण गर्दा तीन जना घाइते भएको लेबनानको एलनाशरा समाचार संस्थाले जनाएको छ ।

त्यसको जवाफमा हिजबुल्लाहले ड्रोन खसालेको समाचारमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूले सीमाको स्थितिको निगरानी जारी राखेकाले युनिफिलले इजरायल र लेबनान दुवै देशका अधिकारीहरूसँग सम्पर्क गरेको अर्डेलले पुष्टि गरेका हुन् ।

रासस\एएफपी

वि.सं.२०८० असार २९ शुक्रवार १४:३९ मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...