back
CTIZAN AD

असार मसान्त भइसक्दा पनि भुक्तानी नभएपछि निर्माण व्यवसायी आन्दोलनमा

वि.सं.२०८० असार ३० शनिवार

894 

shares

काठमाडौं । असार मसान्त भइसक्दा पनि निर्माण व्यवसायीहरूको अरबौँ भुक्तानी रोकिएको तथा नेपाल सरकारबाट म्याद थपको विषयमा भएको त्रुटिपूर्ण आदेशको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा एक घण्टा धर्ना दिएको ।

व्यवसायीहरूको जायज माग सम्बोधन नभएकाले नेपाल सरकारका सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउन महासङ्घले बिहान ९ बजेदेखि एक घण्टा धर्ना दिएको जनाएको छ ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले राज्यको गैरजिम्मेवारपनका कारण महासंघले बाध्य भएर आन्दोलन गर्नु परेको बताए । ‘म्याद थप, भुक्तानीका बारेमा महासंघले गत फागुन देखि नै सरकारका सबै सम्बन्धित निकायको पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवार्ई नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको हो’, महासंघ अध्यक्ष सिंहले भने ।

भुक्तानी अभावका कारण हजारौँ व्यवसायीहरू पेसाबाट पलायन भई उनीहरूमा आश्रित लाखौं श्रमिक तथा मजदुरको रोजीरोटी खोसिदा पनि राज्य मूकदर्शक बन्नु गैर जिम्मेवारीको पराकाष्ठा भएको अध्यक्ष सिंहको भनाइ थियो । बजेट बेगरका आयोजनाहरू हचुवाका भरमा घोषणा गरी पर्याप्त बजेट नछ्ट्याई राज्यबाट नै निर्माण परियोजना लथालिंग बनाउने काम भएको भन्दै उनले २०८० असार २१ मा प्रकाशित म्याद थपको अमूर्त सूचना व्यवसायीहरूका लागि मान्य नभएको बताए ।

विगत एक वर्षमा वर्षा, चाडबाड, क्रसर बन्द, महँगी, निर्वाचन, भुक्तानी अभावलगायतका कारणले काम हुन नसकेको स्पष्ट कारण भएकाले सबै आयोजनाहरूको एकमुष्ट २०८१ असार मसान्तसम्म म्याद थप हुनुपर्ने अध्यक्ष सिंहले बताए । धर्ना कार्यक्रमका अर्का वक्ता महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष यक्षध्वज कार्कीले व्यवसायीहरूको मागलाई राज्यले कहिल्यै पनि गम्भीर रूपमा नलिएको भन्दै अब निर्णायक आन्दोलन गर्नुपर्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामाले निर्माण व्यवसायीहरूको ठुलो भुक्तानी रोकिँदा निर्माण उद्योगमा मात्र नभएर समस्त अर्थतन्त्रमा समस्या देखिएको धारणा राखे । एसोसिएट उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ ले काम सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी गर्न सकिन्न भन्नु अर्थ मन्त्रालयलगायतका निकायको लाचारी भएको बताए । कार्यवाहक महासचिव शिवहरि घिमिरेले भुक्तानी र वास्तविक म्याद थपको माग सहित देशभरका २४ हजार भन्दा बढी व्यवसायीहरू आन्दोलित भएको बताए ।

कोषाध्यक्ष हिरणकुमार श्रेष्ठले व्यवसायीहरूको जायज माग पूरा नभएकाले असार मसान्तको चटारोमा पनि आफूहरू सडकमा आउनु परेको बताए । धर्नामा सहभागीहरूले ‘निर्माण कार्यको बाँकी रकमको भुक्तानी तुरुन्त गर, वास्तविक म्याद थप गर, अव्यवहारिक माइलस्टोन खारेज गर, मूल्य समायोजन कायम गर’ लगायताका नारा लगाउँदै व्यवसायिक एकतामा जोड दिएका थिए ।

वि.सं.२०८० असार ३० शनिवार ०८:०६ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले भाद्र २ गते बाट लागु हुने गरी...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...