back
CTIZAN AD

प्लस टुको खोजीमा रहेका विद्यार्थीहरूलाई खल्तीको विशेष अफर

वि.सं.२०८० असार ३० शनिवार

654 

shares

काठमाडौं। खल्तीले +२ कलेजहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रवेश परीक्षाका लागि आवेदन दिन डिजिटल प्रणाली ‘प्रवेशिका’ उपलब्ध गराएको छ । यस प्लेटफर्मबाट एसईई उत्तीर्ण विद्यार्थीहरूले एकै पटक ५०+ कलेजहरूमा आवेदन दिन सक्नेछन् ।
यससँगै प्रवेशिका मार्फत आवेदन दिने ५ विद्यार्थीलाई १ वर्षको १०० प्रतिशत छात्रवृत्ति पनि उपलब्ध हुनेछ ।

प्रवेशिका मार्फत हालै काठमाडौं उपत्यका रहेका कलेजका लागि एकै ठाउँमा भर्ना आवेदन दिन मिल्ने प्रणालीको रूपमा काम गर्दछ । यो प्रयोगकर्ता–अनुकूल डिजिटल प्लेटफर्मले कलेज र विद्यार्थीहरूलाई एक साझा प्लेटफर्ममा ल्याउँदै कलेज भर्ना प्रक्रियामा दुवै पक्षहरूलाई सजिलो बनाउने जनाइएको छ । अहिले प्रवेशिकाले काठमाडौं उपत्यका भित्र रहेका ५०+ भन्दा बढी कलेजहरूको विकल्प प्रदान गर्दछ र आउँदा दिनमा उपत्यका बाहिरका कलेजहरू पनि उपलब्ध गराउने उद्देश्य राखेको छ । यसैबीच, यस प्लेटफर्मको साथ, कलेजहरूले भौतिक फारमहरू संकलन गर्ने झन्झटलाई पनि समाधान गर्न सक्छन् र सहज प्रवेश प्रक्रिया व्यवस्थापन गर्न सक्छन् भने विद्यार्थी वर्गले पनि छोटो समयमा सजिलै घरै बसी ६०+ कलेज मध्ये आफूलाई अनुकूल हुने कलेज छनौट गरी आवेदन दिँदै भर्ना प्रक्रिया अगाडी बढाउन सक्नेछन् ।
प्रवेशिका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘शिक्षा क्षेत्रलाई पनि डिजिटाइज गर्ने लक्ष्यका साथ एसईई उत्तीर्ण विद्यार्थीहरूको लागि कलेज आवेदन प्रक्रियालाई सरल र सुव्यवस्थित बनाउन प्रवेशिका ल्याइएको हो। प्रवेशिकाको उपयोग गर्दै अहिलेका पुस्ताले डिजिटल सेवा प्रति परिचित र प्रोत्साहित हुने कुरामा हामी विश्वस्त छौं, आउँदो दिनमा हामी प्रवेशिकालाई कलेज स्तरमा पनि विस्तार गर्दै लैजाने लक्ष्यका साथ अघि बढिरहेका छौं ।’

विद्यार्थीहरूले प्रवेशिका डटकममा गएर कलेज भर्नाको लागि आवेदन दिन सक्नेछन् । आवेदकहरू मध्ये ५ भाग्यशाली विजेताहरूले नेपाल मेगा कलेज, युनिभर्सल मोडर्न कलेज, तक्षशिला एकेडेमी, साइपाल एकेडेमी, एसिया प्यासिफिक कलेज जस्ता प्रसिद्ध कलेजहरूमा १०० प्रतिशत छात्रवृत्तिको मौका पाउनेछन् ।

वि.सं.२०८० असार ३० शनिवार ०८:०८ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले भाद्र २ गते बाट लागु हुने गरी...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...