back
CTIZAN AD

आइपिओ निष्कासन गर्दै झापा इनर्जी लिमिटेड

वि.सं.२०८० असार ३० शनिवार

816 

shares

काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६,६६,६००÷- कित्ता शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

झापा ईनर्जी लिमिटेड पिंगलास्थानमा शुक्रबार एक कार्यक्रम गरी कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा झापा इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरे । सो कार्यक्रममा झापा इनर्जी लिमिटेडका वित्तीय परामर्शदाता कमल पनेरु, व्यवस्थापक तथा वित्त प्रबन्धक सरोज श्रेष्ठ र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत इन्दिरा न्यौपानेलगायत सहभागी थिए ।

सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने शेयर ६ करोड ६६ लाख ६० हजार रुपैयाँ बराबरको ६ लाख ६६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसमक्ष आवश्यक प्रक्रिया पूरा गरी शेयर निष्कासनको लागि आवेदन दिने योजना छ ।

यस कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको, आयोजना कम्पनीको विकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुले दिए । आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ र आयोजना आश्विन २०८० मा शुरु हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०८० असार ३० शनिवार ०८:०९ मा प्रकाशित

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...