back
CTIZAN AD

सुन तस्करसँग आफ्नो नाम जोडिएपछि नेता महराले भने–राजनीतिक पूर्वाग्रह राखियो

वि.सं.२०८० असार ३१ आइतवार

819 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्ण बहादुर महराले सुन तस्करसँग कनेक्सन रहेको भन्दै एक अनलाइन मिडियामा आएको समाचारको खण्डन गरेका छन् ।

नेता महराले असार ३० गते रातोपाटी डटकम अनलाइन समाचारमा प्रकाशित ‘सुन तस्करसँग पूर्व सभामु महराका बाउ छोराको कनेक्सन’ भन्ने समाचारप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘चिनियाँ नागरिक वाङसँग पहिलेदेखि सामान्य चिनजान भएको र उनि आफु फलफुल व्यापारीको रुपमा नेपालमा रहँदै आएको जानकारी गराएका थिए । उनको अन्य व्यापार र कामसँग हाम्रो कुनै जानकारी र कुनै सम्बन्ध नरहेको स्पष्ट पार्न चाहान्छु ।’ महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी आफ्ना छोरा राहुल महराले भन्सार कर्मचारीलाई सम्पर्क गरिएको भनेर नाम जोडिएकोमा राहुलले चिनियाँ नागरिक वाङले चिनियाँ कामदारका लागि मगाएको कही सामान भन्सारमा अड्कीएको र बुझिदिन आग्रह गर्दा भन्सार कर्मचारीलाई सम्पर्क गर्दा नियम अनुसार हुने जानकारी पाएकोले त्यहि जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ । ‘ती व्यक्तिसँग कुनै कार्यमा कुनै सहभागीता र सहयोग नगरेको पनि प्रष्ट पार्न चाहान्छौ ।’

महराले चिनजान हुनु र संलग्न हुनु फरक विषयलाई दुरासयपूर्ण तरिकारले समाचार प्रकाशित गर्नु ठिक नभएको भन्दै भनेका छन् –‘यो समाचार बिल्कुल तथ्यहिन मात्र नभएर राजनीतिक पूर्वाग्रहीको आधारमा भएकोले खण्डन गर्दछौं ।’

 

वि.सं.२०८० असार ३१ आइतवार १२:०२ मा प्रकाशित

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...