back
CTIZAN AD

साउनमा कुन वाणिज्य बैंकको ब्याजदर कति ?

वि.सं.२०८० असार ३१ आइतवार

1.4K 

shares

काठमाडौं । वाणिज्य बैंकहरुको साझा संघ नेपाल बैंकर्स संघले ब्याजदर निर्धारणमा ‘भद्र सहमति’ तोडेसँगै बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गरेका छन् । बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गरेसँगै साउन महिनाबाट बैंकहरुको ब्याजदरमा फरकपन देखिने भएको छ ।

साउन महिनाका लागि केहीले ब्याजदर घटाएका छन् भने केहीले बढाएका छन् । यस्तै, केही बैंकको भने ब्याजदर स्थिर छ ।

राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा, नेपाल बैंक, कृषि विकास बैंकले घटाएका छन् भने नबिल बैंक र प्राइम बैंकले ब्याजदर बढाएका छन् । यता, हिमालयन, ग्लोबल आइएमइ, लक्ष्मी सनराइज, सिटिजन्स बैंकले भने ब्याजदर स्थिर राखेका छन्।

ब्याजदर बढाएको नबिलले साधारण बचतमा ५.९० देखि ७.९० प्रतिशतसम्म ब्याज दिने भएको छ भने मुद्दतीमा १०.४९ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तै, ब्याजदर बढाएको प्राइम कमर्सीयल बैंकले साधारण बचततर्फ ५.९३ प्रतिशतदेखि ७.९३ प्रतिशतसम्म र मुद्दति निक्षेपमा १०.९३ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।

कुमारी बैंकले बचतमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशसम्म ब्याज दिने भएको छ भने मुद्दती निक्षेपमा अधिकतम १०.०१ प्रतिशतसम्म दिने भएको छ ।

एनएमबी बैंकले बचतमा ५.९८देखि ७.९८ प्रतिशतसम्म ब्याज दिने भएको छ भने मुद्दतीमा ९देखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा न्यूनतम ४.८६ प्रतिशतदेखि ६.६ प्रतिशत ब्याजदर तोकेको छ भने मुद्दती निक्षेपमा अधिकतम ८.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

यसअघि सबै बैंकको मुद्दती निक्षेपको ब्याजदर समान (९.९९ प्रतिशत) थियो । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरुले १० प्रतिशतसम्म ब्याजदर घटाउन वा बढाउन सक्छन् । जसअनुसार कतिपयले बढाएका छन् भने कतिपयले घटाएका छन् ।

कुन बैंकको ब्याजदर कति ? (अधिकतम)

वि.सं.२०८० असार ३१ आइतवार १४:०० मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...