back
CTIZAN AD

पूर्व माओवादी लडाकु नानु घलेद्वारा एनआरएनए कतारको नेतृत्वमा दावी

वि.सं.२०८० असार ३१ आइतवार

1K 

shares

कतार । पुर्व पिएलए तथा सामाजिक अभियान्ता नानू घले ब्लोनले गैरआवासीय नेपाली संघ कतारको नेतृत्व हाँक्ने तयारी गरिरहेकी छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल (२०२३–२०२५) को लागि नानुले महिला उपाध्यक्षमा आफ्नो ससक्त दावी रहने जनाएकी छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार (२०२१–२३) कार्यकालमा महिला संयोजकको पदीय जिम्मेवारी सम्हालीरहेकी घले मातृसस्था घले समाज कतारकी सल्लाहकार साथै लोकदोहोरी प्रतिष्ठान कतार शाखाका पुर्बउपाध्यक्ष तथा बर्तमान सल्लाहकारको भुमिकामा रहेकी छन् ।

सन् २०१४ मा कतार प्रवेश गर्नुअघि नेपालमा रहँदा समेत सामाजिक काममा सक्रिय भएर काम गरेकी थिइन् । तर, देशमा भनेजस्तो रोजगारीको अबसर नपाएपछि वैदेशिक रोजगारीका लागी कतार प्रवेश गरेकी थिइन् घले ।
कतारमा पनि निरन्तर रुपमा समाजिक कार्यमा सक्रिय रहेकी घले नारी मुक्ति र गणतन्त्र नेपाल स्थापनाका लागि एक उदाहरणीय पात्र समेत हुन् । गैरआवासीय नेपाली संघमा आबद्ध हुन अगाडि सामान्य श्रमिकको रूपमा कतारको एक प्रसिद्ध कम्पनीमा आवद्ध भएर सेक्युरिटी सर्भिसको कामको लागि हम्माद अन्तर्राष्ट्रिय विमानस्थल दोहामा कार्यरत थिइन्

यस्तो छ घलेको परिचय
घलेको परिचय सामाजिक अभियन्ता तथा बैदेशिक रोजगार श्रमिकमा मात्रै सिमित भने छैन । २०५२ सालबाट सुरु भएको १० बर्षे जनयुद्धको एक सशक्त महिला जनमुक्ति सेना पनि हुन् उनी। बासु स्मृति ब्रीगेड नौ नम्बर बटालियन साथै मेडिकल डिपार्टमेन्टमा समेत कुशल जिम्मेवारी निर्वाह गरेकी घले २०६२÷०६३ सालको जनआन्दोलनसगै तत्कालीन नेकपा माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि स्वेच्छिक अबकास रोजेकी हुन् ।

नेपाली सेनामा समायोजन हुने अबसर त्याग्दै केहीबर्ष सोही पार्टीको वाइसीएल बिभागमा जिम्मेवारी लिएर चितवन कार्यक्षेत्रमा खटिइन् र महिला बिभागमार्फत नेतृत्व तहमा समेत काम गर्दै राजनैतिक परिचय समेत बनाएकी छन् नानुले । पार्टीभित्र उनी सुरक्षा नामले चिनिन्थिन् ।

बिगत नौ बर्षदेखि कतारमा कार्यरत घले वैदेशिक रोजगारीका लागि कतार आएर श्रमिक जीवनसगै विभिन्न समस्यामा परेका पीडित महिला श्रमिकहरुको लागि निरन्तर लडिरहेकी छन् । पीडित दिदिबहिनी हरुलाई उद्वार पहल गर्ने देखि आफूसगै राखेर सकुशल स्वदेश फर्काउने काममा समेत सक्रिय रहेकी घले एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारमा हाल महिला संयोजकको भूमिका निर्वाह गरिरहेकी छन् ।

कार्यकाल सकिन केही हप्ता मात्रै बाँकी रहदा सामाजिक अभियानलाई अझै प्रभावकारी बनाउन घलेले गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल (२०२३–२५) का लागि महिला उपाध्यक्ष पदमा शशक्त दाबी रहने बताउँदै आएकी छन् ।

वि.सं.२०८० असार ३१ आइतवार १४:१६ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...