back
CTIZAN AD

निर्यात र आयात दुवै घटेपछि तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन

वि.सं.२०८० साउन ४ बिहीवार

723 

shares

सिन्धुपाल्चोक ।  चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन भएको छ । कुनैबेला रु पाँच अर्ब राजस्व सङ्कलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व सङ्कलन गर्दै आइरहेको छ ।

उक्त नाकाबाट गत आवमा रु चार अर्ब ६२ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको भए पनि रु तीन अर्ब २७ करोड ९४ लाख २० हजार सात सय २७ मात्र अर्थात् लक्ष्यको ७० दशमलब ८४ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

विसं २०७२ को भूकम्पपछि बाढीपहिरो, कोरोना, सडकलगायत कारण देखाउँदै नाका राम्रोसँग सञ्चालन हुन सकेको छैन । गत वैशाख १८ गते केही सामग्री निर्यात गरे पनि त्यसपछि निर्यात शून्य तथा आयात पनि घटेको तातोपानी भन्सार कार्यालका प्रमुख दयानन्द केसीले जानकारी दिए ।

वैशाख १८ गते बाँसका मुडालगायत नेपाली सामग्री बोकेर सात कन्टेनर गाडी चिनियाँ भूमिमा प्रवेश गरेका थिए । आयात गरेका सामग्रीमा विद्युतीय भ्यान, प्रोजेक्टका सामान, स्याउ, नास्पाती, ओखरलगायत रहेको भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिए।

वि.सं.२०८० साउन ४ बिहीवार १५:१४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...